मेयर कप बास्केटबल जारी

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७६
Mayor Cup BasketBall

पोखरा । पोखरा रंगशालाको बास्केटबल कोर्टमा मेयर कप बास्केटल प्रतियोगिता जारी छ ।

प्रतियोगिता अन्तरगत मावि छात्रा, भेट्रान्स र ब्याचलर छात्रातर्फको फाइनल समिकरण पूरा भएको छ । मावि छात्रातर्फको सेमीफाइनल समिरकण पूरा भएको छ ।

प्रतियोगिता अन्तरगत भेट्रान्सतर्फ आयोजक कास्की बास्केटबल संघ र अमरसिंह रातो बीच उपाधिका लागि फाइनल हुनेछ । शुक्रबार भएको भेट्रान्सतर्फको पहिलो सेमिफाइनल खेलमा आयोजक कास्की बास्केटबल संघले लामाचौरको बास्केटबल टोलीलाई ५३–४७ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा अमरसिंह रातोले अमरसिंहकै निलोमाथि ५८–५१ को जित निकाल्दै आयोजक कास्की जिल्ला बास्केट बल संघसँगको भेट पक्का गरेको हो ।

त्यसैगरी, प्रतियोगिता अन्तरगत ब्याचलर छात्रातर्फ पोखरा कलेज अफ होटल म्यानेजमेन्ट र पोखरा लिङ्कन कलेज उपाधिका लागि फाइनल भिड्ने भएका छन् । शुक्रबार भएको ब्याचलर छात्रातर्फको पहिलो सेमीफाइनल स्पर्धामा पोखरा कलेज अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टले पोखरा युनिभर्सिटीलाई ४४–१३ को फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै, दोस्रो सेमीफाइनलमा पोखरा लिङ्कन कलेजले गण्डकी कलेजलाई ४५–१० ले हराउँदै फाइनल यात्रा गरेको हो ।

त्यस्तै, प्रतियोगिता अन्तरगत विद्यालयको छात्रातर्फ कास्की मोडर्नाइज्ड र मनकामना बोर्डिङ उपाधिका लागि फाइनल भिड्ने भएको छ । शुक्रबार विद्यालय छात्रातर्फको पहिलो सेमिफाइनलमा कास्की मोडर्नाइज्ड एकेडेमीले एसओएसलाई १४–११ अंकले हराउँदै फाइनल यात्रा तय गरेको हो । त्यसैगरी, दोस्रो सेमिफाइनल खेलमा मनकामना बोर्डिङ स्कुलले हिलपोइन्ट बोर्डिङमाथि २०–८ को जित निकाल्दै कास्की मोडर्नाइज्डसँगको भेट पक्का गरेको हो ।

मेयर कप बास्केटबल प्रतियोगिता अन्तरगत विद्यालय छात्रतर्फ भद्रकाली मावि, कास्की मोडर्नाइज्ड, बालकल्याण र कुमुदिनी होम्सले सेमीफाइनल समिकरण पूरा गरेका छन् ।

शुक्रबार भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा भद्रकाली माविले निलगिरी बोर्डिङलाई ५८–५१ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । दोस्रो क्वाटरफाइनल खेलमा कास्की मोडर्नाइज्डले मनकामना बोर्डिङमाथि ५२–३५ को जित निकाल्दै सेमिफानल पुग्यो ।

त्यस्तै, मावि छात्रतर्फकै तेस्रो क्वाटरफाइनलमा बालकल्याणले टप्समाथि ६६–४५ को जित निकाल्यो । चौथो तथा अन्तिम क्वाटरफाइनलमा कुमुदिनी होम्सले माउन्ट अन्नपूर्णमाथि ५९–३१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो ।

शनिबार, मावि छात्रा र ब्याचलर छात्रातर्फको फाइनल तथा मावि छात्रतर्फको सेमिफाइनलका खेलहरु हुने आयोजक बास्केटबल संघका अध्यक्ष धोजकुमार गुरुङले जानकारी दिए ।

तस्वीर : आरोन गुरुङ

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width