हेमजा ९ भदौं।नेपाल रेडक्रस सोसाइटी माछापुच्छे«–५, रिभान उपशाखाले महिलाहरुका लागि एक दिने कानुनी परामर्श तालिम संचालन गरेको छ ।
परामर्श कार्यक्रममा वोल्दै प्रमुख अतिथि रेडक्रस कास्की शाखाकी उपमन्त्री साथै लैङगिक तथा सामाजिक समावेशीकरण समिति संयोजक उर्मिला खड्काले महिलाले अधिकारसँगै कर्तव्य पनि निभाउनुपर्ने बताइन् ।
उनले महिला चुल्होचौकोमा मात्र सिमित नरही सामाजिक कार्यमा पनि अगाडि बढ्नुपर्ने धारणा राखिन्।विशेष अतिथि कास्की शाखाका उपकोषाध्यक्ष तथा उपशाखा समन्वयकर्ता कृष्णप्रसाद पौडेलले कतिपय अवस्थामा कानुनी अज्ञानताका कारण महिलाहरु पछाडि परेको अनुभव सुनाउँदै महिला आफै जागरुप हुनपर्नेमा जोड दिए ।
त्यस अवसरमा वडाध्यक्ष जुमबहादुर गुरुङ लगायतले पनि बोलेका थिए। कार्यक्रम सहजीकरण गर्दै अधिवक्ता भुवन पराजुली काफ्लेले महिला अधिकारको कुरा कानूनमा लेखिएपनि व्यवहारमा लागु हुन नसकेको भन्दै कडाईका साथ लागु गर्नुपर्ने जनाइन् ।सो कार्यक्रममा मीना लामिछानेले रेडक्रसका सिद्घान्त वाचन गरेकी थिइन्।
रिभान उपशाखा लैङगिक तथा सामाजिक समावेशीकरण समिति संयोजक भगवती गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपशाखा सभापति सूर्य गिरीले स्वागत तथा उपशाखा सदस्य सीता पौडेलले कार्यक्रम संचालन गरेकी थिइन् ।तालिममा रिभानका ३२ महिलाको सहभागिता थियो।
.
Related News
सम्बन्धित समाचार
किशोरीका लागि सीपमूलक शिक्षा
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
जनजागृति आमा समूहमा शान्ति
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१