जनजागृति आमा समूहमा शान्ति

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०८०
janajagrati

पोखरा । जनजागृति आमा समूह, पोखरा १९ पुरूञ्चौरको २७ औं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

शनिबार सम्पन्न अधिवेशनले शान्ति बास्तोलाको अध्यक्षतामा १ सदस्य पछि थप गर्ने गरी ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समूहको उपाध्यक्ष निरू भण्डारी ढुंगाना, सचिव कविता आचार्य, सहसचिव नारायणी भुजेल, कोषाध्यक्ष शोभा बास्तोला छानिए । सदस्यहरू सिर्जना थापा, मैया ढुंगाना, वासना खनाल रीता तिवारी ढुंगाना र द्रोपदा बास्तोला छन् ।

यसअघि अधिवेशन उद्घाटन गर्दै पोखरा १९ का वडा सदस्य विकास आचार्यले समाजको विकास परिवर्तनका लागि आमा, दिदीबहिनीहरु समयानुकूल परिवर्तन हुनुपर्नेमा जोड दिए । कार्यक्रममा विन्ध्यश्वरी माविका अध्यक्ष एकराज ढुंगाना, प्रधानाध्यापक श्रीराम आचार्य, विन्ध्यश्वरी युवा क्लबका अध्यक्ष थमकुमार केसी, पूर्व अध्यक्ष मीनराज ढुंगानालगायतले यस क्षेत्रको विकासमा आमा समूहले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

समूहका अध्यक्ष निरा ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव कल्पना ढुंगानाले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width