इन्द्रबहादुर स्मृति विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु

आदर्श समाज सम्वाददाता
भाद्र ९, २०७६
1565268675_HE11809

पोखरा, ९ भदौ । कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा सोमवारबाट विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको १८ औं सस्करण शुरु भएको छ ।

प्रतियोगितामा २७ विद्यालयले सहभागिता जनाएको कास्की जिल्ला व्याडमिन्टन संघका सचिव दुर्गा जोजिजूले बताए । उनका अनुसार ३०६ जना विद्यार्थीले प्रतिस्पर्धा गर्ने छन् ।

आधारभूत तह (८ कक्षासम्म), माध्यमिक तह(१० कक्षासम्म) र उच्चमावितह(१२ कक्षासम्म) अध्ययनरत विद्यार्थीले प्रतिस्पर्धा गर्ने छन् । आधारभूत तहका विद्यार्थीले छात्र र छात्रा तर्फ एकल तर्फ मात्रै प्रतिस्पर्धा गर्ने छन् । बाँकी दुई तहका विद्यार्थीले छात्र र छात्रा तर्फ एकल र युगल(सिंगल÷डबल्स)मा प्रतिस्पर्धा गर्ने छन् ।

यही भदौ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता खेलाडीले ट्रफीसहित स्पोर्टस साईकल प्राप्त गर्ने छन् । प्रतियोगितामा सरकारी, प्याब्सन, एन प्याब्सन तथा युनिप्समा आवद्ध विद्यालयहरुले सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको लागि ४ लाख ९० हजार खर्च हुने अनुमान गरिएको छ ।

संघले अर्को वर्षदेखि नव निर्मित चारवटा कोर्ट युक्त कभर्ड हलमा सञ्चालन गर्ने छ । संघ र राष्ट्रिय खेलकुद परिषद बीच आर्थिक साझेदारीमा दुई वर्ष अघि निर्माण शुरु गरिएको थियो । संघले चारवटा कोर्टसहितको कभर्ड हल निर्माण पुरा भएपछि व्याडमिन्टन एकेडेमी सञ्चालन गर्ने लक्ष्य लिएको छ । हल यो वर्षभित्रमा निर्माण पुरा गरिने संघले राखेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width