भानुभक्तमा कानून विद्यार्थीलाई सम्मान

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०७६
class-pic_3

पोखरा, ७ भदौ । भानुभक्त आवासीय मावि (स्कूल अफ ल) पोखरा–१ सिम्पानीले कक्षा ११ मा कानुन अध्ययनरत प्रथम व्याचका विद्यार्थीलाई स्वागत गरेको छ ।

गण्डकी प्रदेशमै प्रथम पटक कानून संकायका कक्षा सञ्चालन गरेको विद्यालयले बिहानी सत्रका ४४ जना र विद्यार्थी उमेरमा आफ्नो अध्ययनलाई निरन्तरता दिन नपाउनु भएका तर विशिष्ट सामाजिक र राजनीतिक पहिचान बनाइ सकेका व्यक्तिहरू लक्षित सन्ध्या कालिन सत्रका कानून अध्ययनरत १७ जना विद्यार्थीलाई स्वागत गरेको हो ।

विशिष्ट सामाजिक र राजनीतिक पहिचान बनाई सकेको भएतापनि कानूनी शिक्षाको आवश्यकता महसुस गरी आफ्नो अध्ययनलाई अगाडि बढाउन चाहनेलाई सम्बोधन गर्न तथा त्यस्तै अन्य व्यक्तिलाई समेत औपचारिक शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उदेश्य सहित सन्ध्या कालिन कक्षा सञ्चालन गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल दिनेश कुमार लामिछाने प्रमुख अतिथि र शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रराज श्रेष्ठ अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रममा कानुन संकायका संयोजक प्रदीप अधिकारीले भने –व्यक्तिको व्यक्तित्व योग्यता र क्षमताको समष्टिगत रूप हो, औपचारिक शिक्षाले व्यक्तिलाई योग्यता प्रदान गर्छ भने जीवनका भोगाई र अनुभवले क्षमता प्रदान र अभिवृद्धि गर्छन्, यी दुई मध्य कुनै एक तत्वको अभावमा व्यक्तिको व्यक्तित्व अपूर्ण रहन्छ ।

अधिकारीले हाल सन्ध्या कालिन सत्रमा अध्ययनरत सामाजिक राजनीतिक रुपमा परिचित व्यक्तिहरूले सामाजिक राजनीतिक जीवनमार्फत क्षमता आर्जन गरेका तर औपचारिक शिक्षा मार्फत योग्यता आर्जन गर्न बाँकी रहेको महसुस गरी पुन आफ्नो औपचारिक अध्ययनलाई निरन्तरता दिनु भनेको आफ्नो पूर्ण व्यक्तित्व खोजी गर्नु हो र यो प्रशंसनीय रहेको उल्लेख गर्दै सम्पूर्ण विद्यार्थीको उज्ज्वल भविष्यको कामना सहित स्वागत गरेका थिए ।

कानुनी शिक्षाको आवश्यकता हरेक क्षेत्रमा रहेको महसुस गरी आफू पनि पढ्न लागेको गण्डकी प्रदेश सांसद तथा विद्यालयको सन्ध्या कालिन सत्र कि छात्रा माननीय मधुमाया अधिकारीले मन्तव्यका क्रममा बताइन् ।

विद्यालयका संस्थापक प्रिन्सिपल दिनेश कुमार लामिछानेले कक्षा ११ मा अध्ययनरत विद्यार्थी र शिक्षाको महत्त्व बुझेर अध्ययन गर्न आएका अग्रज व्यक्तिहरूले विद्यालय वा उच्च शिक्षा छोड्ेका व्यक्तिलाई हौसला प्रदान गरिदिएका छन् । कक्षा ११ का विद्यार्थी सुमित विकले गीत, बिपना रानाभाटले कविता वाचन, औषत पौडेल र सुप्रीया श्रेष्ठले नव आगन्तुक विद्यार्थीको तर्फबाट आफ्नो भनाई राख्ने क्रममा आफू यस विद्यालयमा पढ्न पाउँदा सार्है खुसी लागेको बताए ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width