भगवती जात्राको सन्र्दभ नौमती बाजा

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७६
Naumati-baja

पाल्पा ४, भाद्र । ऐतिहासिक भगवती जात्राको सन्दर्भ पारेर पाल्पामा नौमती बाजा प्रतियोगिता हुने भएको छ । तानसेन नगरपालिकाको आयोजनामा जिल्लामा रहेका सवै स्थानीय तहहरूका वीचमा भाद्र ६ गते प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

नेपालीको स्वाभिमान तथा वीरताको गाथा जोडिएको तानसेनको ऐतिहासिक भगवती जात्राको सन्दर्भ पारेर भगवती जात्राको अघिल्लो दिन प्रतियोगिता गर्न लागि लागिएको नगरपालिका अन्र्तगतको टुरिजम एक्सन कमिटीका संयोजक सागरमान महर्जनले जनाए ।

प्रतियोगितामा मौलिक संस्कृति झल्कने नौमती बाजा समावेश हुनुपर्ने र पुरस्कृत टोलीले भगवती जात्राको दिन समेत बाजासहित सहभागिता जनाउनुपर्ने महर्जनद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

महर्जनका अनुसार भाद्र ६ गते बिहान ११ बजेदेखि तानसेन टुँडीखेलमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार प्रदान गरिने जनाइएको छ । यसपटक २०१ औं ऐतिहासिक रणउजिरेश्वरी भगवती रथ यात्रा भाद्र सात गते निकालिँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width