कविशिरोमणि जन्मस्थल विकास समिति पुनर्गठन

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७६
siromani_Fotor

कविशिरोमणि जन्मस्थल विकास समितिको नयाँ कार्यसमिति। तस्वीर : भीमपाणि बराल/आदर्श समाज

कविशिरोमणि लेखनाथ पौडेलको जन्मगाउँ अर्घौ अचेर्लेलाई साहित्यिक ग्रामरुपमा विकास गराउने उद्देश्यले स्थापित कविशिरोमणि जन्मस्थल विकास समितिको पुनर्गठन गरिएको छ।

सोमवार सम्पन्न भेलाले विश्वप्रकाश लामिछानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

समिति वरिष्ठ उपाध्यक्षमा पदमराज ढकाल, उपाध्यक्ष गोपिराज पौडेल, सचिव मनोज पौडेल, सहसचिव रामप्रसाद तिमिल्सेना र कोषाध्यक्ष शिवमोहन अधिकारी रहेका छन्। सदस्यमा बद्रीविनोद प्रतीक, प्रतिभा शर्मा, विमला पहारी, हरिबोल गौतम र गोविन्द वाग्ले रहेका छन्। कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङले भौतिक पूर्वाधार निर्माण गर्दै कविशिरोमणि जन्मगाउँलाई कुन तरिकाले विकास गनेर्बारे सबै जना चिन्तनशील हुनुपर्ने सुझाव राखेका थिए। यस्तै, पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल र २९ का वडाध्यक्ष चेतबहादुर गुरुङले स्थानीयको सहयोगमा प्रदेश र संघीय सरकारबाट पनि नयाँ नयाँ कार्यक्रम ल्याई यसको विकास गर्न सकिने बताए। कार्यक्रममा अन्य वक्ताले समितिको गुरुयोजना निर्माण गरी सो क्षेत्रको भौतिक विकासलाई पहिलो प्राथमिकतामा राखेर अर्घौ अर्चलेलाई साहित्यिक तीर्थस्थल रुपमा विकास गराउने सकिने सम्भावना औल्याएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width