कार्यालयमा छड्के, ९६ कर्मचारी अनुपस्थित

रासस
श्रावण २८, २०७६
karmachari-tourist-pcovince-2_20190510005359

स्याङ्जा, २८ साउन । जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले सङ्घ र प्रदेशअन्तर्गतका २० कार्यालयमा अनुगमन गर्दा ९६ कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए । अनुगमन गरिएका कार्यालयका हाजिरी रजिस्टर छड्के टोलीले प्रशासन कार्यालयमा लगेर हेरेको थियो । छड्के अनुगमनमा १९ अधिकृत र ७७ अन्य कर्मचारी कार्यालयमा हाजिर नभएको पाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

खानेपानी डिभिजन कार्यालय, नापी कार्यालय र घरेलुका कार्यालयबाहेकका अन्य कार्यालयमध्ये समयमै कार्यालय नजानेमा जिल्ला अस्पतालका रहेका छन् । जिल्ला अस्पतालका डा सुशील मरासिनी वैशाखदेखि कार्यालयमा अनुपस्थित रहेका छन् भने अस्पतालका प्रमुख डा अमृत पोखरेल साउन १३ गतेदेखि अनुपस्थित रहेको पाइएको छ ।

जिल्ला अस्पतालजस्तो संवेदनशील कार्यालयमा एकैपटक सबै अधिकृत अनुपस्थित हुनु दुःखद भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । डा मरासिनी असार मसान्तसम्मको बिदा लिएर अमेरिका र डा पोखरेल दुईहप्ते बिदामा रहेको निमित्त प्रमुख रञ्जु पोखरेलले बताइन् ।

यस्तै जिल्ला तथ्याङ्क कार्यालयमा ११ कर्मचारी रहेकामा नौ कर्मचारी ‘फिल्ड’ लेखेर बिदामा बसेको देखिएको छ । अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण सोधिने र बिदा नलिनेको गयलकट्टा हुने बताउँदै प्रजिअ निरौलले गयलकट्टा हुने कर्मचारीको गयल बराबर सेवाअवधि कम हुने सरकारी नियम रहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width