अजितकुमारलाई मोटरसाइकल

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७६
Marathon, Ajit Kumar Yadav_Fotor

नेपाल एथलेटिक्स संघले मध्यम दुरीका धावक अजितकुमार यादवलाई मोटरसाइकल प्रदान गरेको छ। संघले यसअघि गरेको घोषणाअनुसार मोटरसाइकल पुरस्कार प्रदान गरेको हो।

हङकङमा मार्च १७ मा भएको तेश्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसीपको ३ हजार मिटर दौडमा स्वर्ण जितेपछि एथलेटिक्स संघले पुरस्कारस्वरुप अजितलाई मोटरसाइकल दिने घोषणा गरेको थियो।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले अजितलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन्।

१ लाख ९२ हजार ९ सय रुपैयाँ मूल्य पर्नै टीभीएसको स्ट्राइकर १ सय २५ सीसीको मोटरसाइकल अजितलाई प्रदान गरिएको थियो। त्यस अवसरमा उनका प्रशिक्षक धनीराम चौधरीलाई पनि नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width