बार्सिलोनालाई ग्याम्पर ट्रफीको उपाधि

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७६
Barcelona & Arsenal, Gamper Trophy_Fotor

स्पेनिस क्लब बार्सिलोनाले ग्याम्पर ट्रफी फुटबल प्रतियोगिताको उपाधि उचालेको छ। नेपाली समयअनुसार सोमवार बिहान सम्पन्न भएको खेलमा इङ्लिस क्लब आर्सनललाई २–१ ले हराउँदै उपाधि हात पारेको हो।

बार्सिलोनालाई जित दिलाउन लागि लुइस स्वारेजले १ गोल गरे। बार्सिलोनाले १ गोल आत्मघाति उपहार पायो।

आर्सनल सुरुवती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। ३६ औं मिनेटमा आउबामेयाङले बक्स भित्रबाट गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १ गोलको अग्रता लिएको आर्सनलले खेलको ६९ औं मिनेटमा आफ्नै पोस्टमा गोल गर्यो। आर्सनलका निलेसले बक्सभित्र रहेका टोलीका किपरलाई दिएको ब्याक पासको बल सिधा पोस्टमा छिरेको थियो।

दोस्रो हाफमा मैदान छिरेका स्वारेजले बार्सिलोनाका लागि विजयी गोल गरे। खेलको अन्तिम समयको ९० औं मिनेटमा उनले गोल गर्दै बार्सिलोनालाई २–१ ले जिताए।

ग्याम्पर ट्रफी बार्सिलोनाले हरेक वर्ष नयाँ सिजन सुरु हुनुअघि आयोजना गर्ने मैत्रीपूर्ण प्रतियोगिता हो। यस प्रतियोगिताका लागि बार्सिलोनाले एक टोलीलाई पाहुना टोलीका रूपमा आफ्नो घरेलु मैदानमा निम्त्याउने गर्छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै