मुस्ताङको कोराला नाका खोल्न गण्डकी प्रदेश र चिनियाँ प्रतिनिधिबीच बैठक

एजेन्सी
श्रावण १९, २०७६
p 1

पोखरा, १९ साउन । मुस्ताङको कोराला नाका खोल्ने विषयलाई लिएर आइतबार पोखरामा गण्डकी प्रदेश र चिनियाँ प्रतिनिधिबीच छलफल शुरु भएको छ ।

प्राध्यपाक वाइ ड्यूङ लिउको नेतृत्वमा रहेको चिनियाँ टोलीले कोराला नाका खोल्न संभावाना र प्रदेश सरकारको धारणाबारे भेटमा जिज्ञासा राखेका छन् । नाका खुलेपछि हुने आर्थिक र धार्मिक गतिविधि बृद्धिको संभावनाको बारेमा समेत टोलीले चासो राखेका छ ।

जवाफमा प्रदेश प्रतिनिधि मण्डलका नेतृत्व गरेका भौतिक पुर्वाधार मन्त्री राम शरण बस्नेतले नाका खोल्न प्रदेश सरकार तत्पर रहेको र संघ सरकारलाई अनुरोध पठाई सकिएको जानकारी गराएका छन् । साथै उनले नाका खोल्न सकिए व्यापरिक, धार्मिक र बहुपक्षीय रुपमा दुवै देशले फाइदा लिन सक्नेतर्फ चिनियाँ पक्षको ध्यानाकर्षण गराएका थिए ।

कोराला नाकामा बाटोको ट्रयाक बनिसकेको र भौगोलिक रुपमा पोखरा–काठमाडौ र लुम्विनीसंग नजिक रहेकोले यसले व्यापारिक र धार्मिक रुपमा फाइदा पुग्ने उनको भनाई थियो । चिनियाँ प्रतिनिधि मण्डल प्रमुख प्राध्यापक लिउले आफुहरु समेत कोराला नाका खोल्ने प्रक्रिया अगाडि बढाउन इच्छुक रहेको र नेपाली पक्षले सहमत भएमा चाडै विस्तृत संभाव्यता अध्ययन गर्ने बताएका थिए ।

छलफलमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरिधारी शर्मा पौडेलले यो नाकाबाट सवैभन्दा छोटो दुरीमा भारतीय नाकासंग समेत जोडिने भएकोले यसले त्रिदेसीय व्यापरिक गतिविधिलाई बढाउन मद्दत पुग्ने बताए ।

मुस्ताङ जिल्लामा पर्ने कोराला नाका खुलाउन सकिए यो चिनसंगको व्यापार आदानप्रदानका लागि सहज हुने भन्दै गण्डकी प्रदेशले यकोराला नाका खोल्न केन्द्र सरकारलाइ आग्रह गरेको शर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width