व्यासलाई लालकिल्ला बनाउने दावी

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७६
safe_image

तनहुँ, १९ साउन । नेकपा तनहुँले आफनो पकेट गाउँपालिका क्षेत्रमा लालकिल्ला घोषणा गरेको छ । वन्दिपुर गाउँपालिका,आवुखैरेनी गाँउपालिका,म्याग्दे गाउँपालिका, रिषिङगाउँपालिका ,घिरिङ गाउँपालिका र व्यास नगरपालिकालाई लालकिल्ला घोषणा गरेको हो ।

नेकपा तनहुँ व्यासनगर कमिटीले आफना स्थानीय तहका सबै वडामा समेत टोल कमिटी गठन गरेको छ। नेकपा नगर कमिटीको योजना अनुसार प्रत्येक स्थानीय तहमा वडाकमिटी पश्चात् टोल गठन गरिएको नेकपाका नगर सचिव रामचन्द सापकोटाले बताए ।

नगर कमिटीले वडा नम्बर १ र १० नम्बरका लागि नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ , व्यास नगरपालिका वडा नम्बर –४ का वडाकमिटीका लागि नेकपा ब्यास नगर सभापति श्रीराम कार्की र नेकपाका नगर कमिटीका सचिव रामचन्द सापकोटाले संयुक्त रुपमा टोल र वडा कमिटीको कार्यलय उद्धाटन गरेका थिए। । उत्त अवसरमा वोल्दै नेकपा नगरकमिटीका सचिव रामचन्द्र सापकोटा तनहुँका कुनै वडालाई लालकिल्ला बनाउने दावी गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width