Worldlink ads

१३ औं साग तयारी : काठमाडौं, ललितपुर र पोखरामा २७ खेल

Avatar आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७६
saf logo

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का खेलहरु काठमाडौं, ललितपुर र पोखरामा सञ्चालन गरिने भएको छ। आगामी मंसिर १५ देखि २५ गतेसम्म हुने सागमा २७ खेल समावेश छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत साग प्राविधिक समितिले खेलस्थल टुंगो लगाएको हो।

राखेपका नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवाल, सागमा समावेश सम्बन्धित खेल संघका पदाधिकारी र राखेपको प्राविधिक टोलीले निरीक्षण गरेपछि खेल खेलिने स्थान पक्का गरिएको राखेपले जनाएको छ। टुंगो लागेको खेलस्थलको निर्माण, मर्मत सम्हार र रंगरोगनका काम धमाधम भइरहेका छन्।

राखेपका सदस्य सचिव सिलवालले भौतिक संरचना र बजेटबिना साग नरोकिने प्रतिबद्धता जनाए। ‘साग अब कुनै पनि हालतमा रोकिन्न। सागका लागि आवश्यक खेल सामग्री र त्यसको खरिद प्रकिया फास्ट ट्रयाकबाट हुने बताइएको छ। आवश्यक बजेटका लागि प्रधानमन्त्रीदेखि अर्थ मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयसँग सबै प्रत्रिया अघि बढाइएको छ, ’ सिलवालले उल्लेख गरे।

सागका अधिकांश खेलहरु काठमाडौं र ललितपुरमा हुनेछन्। महिला फुटबलसहित सात वटा खेलहरु पोखरामा हुनेछन्। ललितपुरको सातदोबाटोको नवनिर्मित भवनमा कराँते र बक्सिङ, तेक्वान्दो एकेडेमी भवनमा तेक्वान्दो र कुस्तीका खेल संचालन हुनेछ। सातदोबाटोमै सुटिङ, पौडी, स्क्वास, टेनिस खेलहरु हुनेछन्। उसु लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछन्।

दशरथ रंगशालामा पुरुष फुटबल र एथलेटिक्सका खेलहरु हुनेछन्। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बास्केटबल र व्याटमिन्टनका खेल सञ्चालन गरिनेछ। लैनचौरमा रहेको टेबुलटेनिस हलमा टेबुलटेनिस, मुलपानी र कीर्तिपुर मैदानमा क्रिकेट, काठमाडौंको भृकुटीमण्डपमा खोखो र कबड्डीका खेलहरु खेलाउने राखेपले तयारी गरेको छ।

गल्फ पार–७२ को गोकर्ण गल्फ कोर्समा हुनेछ। साइक्लिङ खेल जगडोलको शहीदपार्कमा हुनेछ। फेन्सिङ खेलको स्थल निक्योर्ल हुन बाँकी रहेको राखेपले जनाएको छ। राखेपले इन्डोर गेम्सका कतिपय खेललाई नेपाल पुलिसको निर्माणाधीन कभर्डहल, आर्मीको कभर्डहल, भृकुटी मण्डप र त्रिपुरेश्वरको कभर्डहलमा खेलाउनल सकिने गरी सम्भावित खेलस्थलको रुपमा प्रयोग गर्ने तयारी गरिरहेको जनाएको छ।

यसैगरी, राखेपले पर्यटकीय नगरी पोखरामा सागअन्तर्गत ७ खेल खेलाउने तयारी गरेको छ। पोखरामा रंगशलामा महिला फुटबल हुनेछ। रंगशालाको कभर्डहलमा आर्चरी, भलिबल र ह्यान्डबल हुनेछ। पोखरा सभागृहमा भारोत्तोलन, फेवाताल किनारमा ट्रायथलन र प्याराग्लाइडिङका खेलहरु हुनेछन्।

राखेपले दशरथ रंगशालाको मूलगेटलाई मौलिक रुपमा निर्माण गरी गेट वरपर फूलसहितको बगैँचा बनाउने तयारीमा छ। दशरथ रंगशालाको भिआइपी प्यारापिट बाहेक अन्य संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको राखेपले जनाएको छ।

Related News

सम्बन्धित समाचार

    • पाेखरामा राष्ट्रिय फुटबल टोलीको अभ्यास सुरु

      Avatar आदर्श समाज सम्वाददाता माघ ११, २०७७
      पोखरा । नेपाली राष्ट्रिय फुटबल टोलीले पोखरा रंगशालामा अभ्यास सुरु गरेको छ । विश्वकप २०२२ अन्र्तगत छनोट चरणको खेलका लागि…
    • फुटबलको राष्ट्रिय टिम पोखरामा

      Avatar आदर्श समाज सम्वाददाता माघ ८, २०७७
      पोखरा । नेपाली राष्ट्रिय फुटबल ‐पुरुष) टिम बिहीबार पोखरा आएको छ । विश्वकप अन्र्तगत छनोट चरणको तयारीमा रहेको टोली बिहीबार साँझ…
    • गण्डकी प्रदेश प्रधानमन्त्री कप क्रिकेटबाट बाहिरियो

      Avatar आदर्श समाज सम्वाददाता माघ ८, २०७७
      पाेखरा ।  काठमाडाैंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट अन्तगर्त  बिहीबार भएकाे  खेलमा पराजित भएसँगै गण्डकी प्रदेश  प्रतियाेगिताबाट बाहिएिको…
    • क्यासल फुटसल कप हुने

      Avatar आदर्श समाज सम्वाददाता माघ ६, २०७७
      पोखरा, ६ माघ । उदीयमान खेलाडीलाई लक्षित गरी स्पोर्टस् क्यासल प्रालि, पोखराले पहिलो संस्करणको ‘एमेचुअर क्यासल फुटसल कप –२०७७’ आयोजना…
    • व्यास अल्ट्रा म्याराथनको राशि बढ्यो

      सविन लामिछाने सविन लामिछाने माघ ५, २०७७
      दमौली। व्यास नगरपालिका ५ मानुङकोटबाट व्यास नगरपालिका ८ पुलिमराङसम्म चौथो व्यास नगर अल्ट्रा म्याराथन हुने भएको छ । हरेक वर्ष सहिद…

    hero news full width

    sanil ads

    wordlink ads