ह्याण्डबल खेल मैदान स्त्तरोन्नति समिति

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७६
Handball Photo

पोखरा, ११ साउन । आगामी मंसिर महिना नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण व्यवस्थित गर्न एक समिति गठन भएको छ ।

गण्डकी प्रदेश सभाका सांसद तथा नेपाल ह्याण्डबल संघका उपाध्यक्ष मोहन रेग्मी अनुगमन समिति संयोजकमा र नेपाल ह्याण्डबल संघका सचिब केशब पाठक बसोबास तथा यातायत समितिको संयोजकमा रहेका छन ।

साग अन्तरगत महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरामा हुने भएकोले बन्द प्रशिक्षण समेत पोखरामा हुने नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले बताएका छन ।
पोखरा रंगशालामा रहेको ह्याण्डबल एकेडेमीको मैदानलाई समेत स्त्तरोन्नति गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले साग खेलका लागि मैदानको स्त्तरोन्नतिका लागि आव २०७६/०७७ मा ५० लाख रकम विनियोजन गरेको छ । उक्त रकमबाट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन ढलान गरिने र आधुनिक म्याट समेत बिछ््याउने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए ।

ह्याण्डबल मैदानको ढलान सहित म्याट ओछ्याउन करिब १ करोड २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त मैदानलाई साग अघि तयारगरी सक्न योगेन्द्रबहादुर बस्नेतको संयोजकत्वमा ९ सदस्यीय उपभोक्ता समिति गठन गरिएको कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ । उक्त समितिको उपाध्यक्षमा राम गुरुङ र सचिबमा श्रीकृष्ण अधिकारी छन ।

त्यसैगरी उपाभोक्ता समितीको कोषाध्यक्षमा शान्ति थापा सदस्यहरुमा खिम गुरुङ, विश्व तन्डुकार, पदम नेपाली, मोहन गुरुङ, र टिकाराम पुन रहेका छन । कास्की जिल्ला ह्याण्डबल संघका कार्यबाहक अध्यक्ष त्रिच थापाको अध्यक्षता संघका केन्दी्रय अध्यक्ष तेज गुरुङको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width