अन्तराष्ट्रिय बक्सिङमा सुशील क्वार्टरफाइनलमा

एजेन्सी
श्रावण ८, २०७६
Boxing Sushil Thapa_Fotor

नेपालका सुशील थापाले थाइल्याण्डमा जारी खुला अन्तराष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनल यात्रा गरेका छन्।

पुरुषको ४९ केजी लाइट फ्लाइट तौल समूहमा सोमवार पाकिस्तानी खेलाडी इर्द उल्लाइलाई पराजित गर्दै उनी वाटरफाइनल प्रवेश गरेका हुन् । उनलेले पाकिस्तानी बक्सर इर्दलाई दोश्रो राउण्डको दोस्रो मिनेटमा आरएससीको आधारमा हराएका हुन्।

सुशीलले दोश्रो राउण्डको पहिलो मिनेटमा उल्लाहलाई ढालेपछि काउण्टमा परेका थिए। लगातार उत्कृष्ट मुक्का प्रहार गरेका सुशीलले उल्लाइलाई एकै राउण्डमा तीन पटक काउण्टको धरापमा पारेका थिए।

अन्तराष्ट्रिय बक्सिङ संघको नियम अनुसार एउटै राउण्डमा तीन पटक काउण्ट पाएपछि खेलाडीले धेरै मार खानु नपरोस् भनेर रेफ्रीले खेल रोक्दै विपक्षलाई विजयी गराउने नियम छ। नेपालमा हुने १३ औं सागको तयारीका लागि नेपाल बक्सिङ संघले २ हप्तादेखि ७ महिला र १० पुरुषलाई थाइल्याण्डमा वैदेशिक प्रशिक्षणमा राखेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width