बिग्रेडलाई ललित स्मृति कप

एजेन्सी
श्रावण ६, २०७६
brigade_Fotor

ब्रिगेड ब्वाईज क्लब (बीबीसी) ले चौथो संस्करणको ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। आइतबार भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ब्रिगेड च्याम्पियन बनेको हो।

ललितपुरको एन्फा कम्प्लेक्समा ब्रिगेडलाई जित दिलाउन बृजेश चौधरीले निर्णायक गोल गरे। बृजेशले खेलको २३ औं मिनेटमा गोल गरेका थिए। पृथ्वी चौधरीको प्रहार पुलिसका गोलरक्षक निशान्त खड्काले पन्च गरेपछि आएको रिबाउण्डमा बृजेशले गोल गरेका थिए।

फाइनलमा गोल गरेसँगै बृजेश प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बने। उनले प्रतियोगितामा ८ गोल गरे।

योसँगै ब्रिगेडले लगातार दोस्रो पटक उपाधि जितेको छ। ब्रिगेडले ३ लाख नगद प्राप्त गरेको छ। उपविजेता पुलिसले १ लाख ५० हजारमा चित्त बुझायो।

यसैबीच, बीबीसीका ३ खेलाडीले व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीको पुरस्कार जितेका छन्। उत्कृष्ट गोलरक्षक आर्मीका विशाल सुनार बने भने उत्कृष्ट डिफेन्डर भने पुलिसका विशाल बस्नेत घोषित भए।

उत्कृष्ट मिडफिल्डर पुरस्कार बीबीसीका शिशिर लेखीले हात पारे भने उत्कृष्ट फरवार्ड पनि बीबीसीकै बृजेश चौधरी घोषित भए। उत्कृष्ट प्रशिक्षक बीबीसीकै सुवित कार्की घोषित भए। व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १० हजार प्राप्त गरे।

एन्फा पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा ए डिभिजनका १४ क्लबले भाग लिएका थिए।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width