हिमाल कलेज अफ म्यानेजमेन्टमा स्वागत

एजेन्सी
श्रावण ६, २०७६
himal_Fotor

पोखरा ८, बगालेटोलस्थित हिमाल कलेज अफ म्यानेजमेन्टले कक्षा ११ मा व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकायका भर्ना भएका विद्यार्थीको स्वागत गरेको छ। कलेजले आइतवार विद्यार्थीको स्वागत गर्दै उच्च शिक्षाको पाइला अगाडि बढाउन शुभकामना दिएको छ। हिलसाइड बोडिङ स्कुलको सहकार्यक्रमा कलेजले कक्षा ११ र १२ यस वर्षदेखि सञ्चालन गरेको हो।

कार्यक्रममा वरिष्ठ साइकोलोजिस्ट डा सुशील कँडेलले विद्यार्थीलाई उच्च शिक्षाका लागि शुभकामना दिँदै निरन्तरको अध्ययनले नै सफल भइने बताए।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा अधिकृत जीवन रेग्मीले व्यवस्थापन र होटल म्यानेजम्यान्ट विषय व्यवहारिक विषय भएको भन्दै विद्यार्थीलाई पछिसम्म काम लाग्ने बताए।

कार्यक्रममा कलेज सञ्चालक सुदनकुमार मुल्मी, क्याम्पस प्रमुख हरि कार्की, सहायक क्याम्पस प्रमुख प्रदीप खनाल, हिलसाइड स्कूलका निर्देशक लिला पराजुली, कलेजका सञ्चालक मोतिराज तिमिल्सिना, अभिभावक होम नेपाली र विद्यार्थी सुमिता तिमिल्सिना लगायतले विद्यार्थीले आफ्नो अध्ययन क्रममा पढाइमा ध्यान केन्द्रित गर्न सुझाव दिए।

हिमाल कलेजमा गण्डकी प्रदेशमा त्रिवि अन्तर्गतका निजी क्याम्पसमा बीबीएसमा सबैभन्दा बढी विद्यार्थी पढ्दै आएका छन्।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width