राष्ट्रिय माविमा खानेपानी टंकी शिलन्यास

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७६
44

पोखरा, ५ साउन । पोखरा–१ टुँडिखेल स्थित राष्ट्रिय माविमा अध्ययरत विद्यार्थीका लागि खानेपानी टंकीको शिलन्यास गरिएको छ ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्णले, र लायन्स क्लब ग्रीन हिलको संयुक्त आयोजना तथा केस्टेभिन स्लेफोर्ड बिद्यालय यूकेका २२ जना बिद्यार्थीले आइतबार देखि तीन दिनसम्म स्वय सेवकको रुपमा काम गर्ने छन् ।

दशहजार लीटर पानी अट्न सक्ने पानी टंकी निर्माण गरिने भएको छ, युकेका विद्यार्थीलाई राष्ट्रियमाविका प्रधानध्यापक वेदप्रसाद वस्तीले स्वागत गर्दै सात समुन्द्रपारीका विद्यार्थीले आर्थिक सहयोग र श्रमदानगरी पानीटंकी निर्माण गरेको प्रति आर्दिक आभार व्यक्त गरे ।

टंकी निर्माण कार्यका निर्देशक तथा अन्नपूर्ण लायन्स क्लबका सल्लाहकार सोनाम साङ्पोले राष्ट्रियमावि सहित पुग्दीभुम्दीको एक विद्यालयमापानी टंकी निर्माण गरने भएको छ भने यस अघि नयाँबजारको नवप्रभात विद्यालयमा समेत टंकी निर्माण भइसकको छ ।

केस्टेभिन स्लेफोर्ड बिद्यालय यूकेका विद्यार्थीले वावुआमाले दिएको खाजा खर्चको केही रकम वास्केटमा राखेर नेपालका विभिन्न विद्यालयमा खानेपानी टंकी निर्माण, शिक्षक तथा विद्यार्थीलाई ल्यावटप वितरण गर्ने गरेको छ ।

उक्त कार्यक्रममा लायन्स क्लब अन्नपूर्णका पूर्व अध्यक्षहरु ध्रुव श्रेष्ठ, नारायण बाटाजू र रबिसन्स प्रजू ग्रीनहिल लायन्स क्लबका अध्यक्ष कृष्णा श्रेष्ठ निर्वतमान अध्यक्ष तथा खानेपानी टंकी निर्माण संयोजक कमला गुरुङ लायन्स क्लब अन्नपूर्णका अध्यक्ष प्रदीप राजभण्डारी सचिव गणेश छबि सहसचिव बिष्णु कुमार गुरुङ र कोषाध्यक्ष लेखराज हमाल समेत शिलन्यास कार्यक्रममा सहभागिता जनाएका थिए ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width