गौंथली डाँडा हरियाली बन्ने

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७६
Gauthalidanda – Copy

लमजुङ, ३ साउन । लमजुङको बेसीसहर नगरपालिका– ८ स्थित गौंथली डाँडालाई हरियाली बनाउन स्थानीय युवाले प्रतिवद्धता व्यक्त गरेका छन् । लायन्स क्लबमा आवद्ध युवा उक्त डाँडालाई हरियाली बनाउन जुटेका हुन् ।

बेसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, वडा नं. ८ का अध्यक्ष पवित्रा थापा रानालगायत जनप्रतिनिधिसंगै युवाले बृक्षरोपण गरेर त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । नगरप्रमुख गुमानसिंह अर्यालले नगरपालिकाभित्रका पार्कहरूलाई हरियाली र मनमोहक बनाउने अभियान थालेको र यसकार्यमा युवा अघि बढेकोमा खुसी व्यक्त गरे । विकास र संरक्षणमा युवाजुटे सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको नारा छिटो सार्थक हुने उनले बताए ।

वडा नं. ८ की अध्यक्ष पवित्रा थापा रानाले वडाभित्रका नांगो डाँडा तथा पाखोबारीमा बृक्षरोपण गर्दै आएको बताइन् । उनले वडालाई सफा र हरियाली बनाउने नीति लिएको जानकारी दिइन् । कार्यक्रमका संयोजक एवं लायन्स क्लब अफ लमजुङका निवर्तमान अध्यक्ष सुरेशकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लवका तृतीय उपाध्यक्ष विवश बुढाथोकीले गरेका थिए । उनका अनुसार बृक्षारोपणका अवसरमा निम र अशोकाका विरुवा रोपिएको हो ।

सरकारले हरियालीको नीति ल्याएको बेला नांगो डाँडाकाँडालाई हरियारली बनाउन प्रतिवद्धता व्यक्त गर्दै युवाले बृक्षरोपण अभियानको थालनी गरेका हुन् । गौंथली डाँडालाई बार बारेर यसअघि संरक्षण गरिएको ठाउँभित्र अहिले बृक्षरोपण गरिएको लायन्स क्लब अफ लमजुङका अध्यक्ष ताराराज घलेले बताए । उनका अनुसार वडा कार्यालयले बृक्षरोपण गरेको बार बाहिरी क्षेत्रमा पनि युवाले बृक्षरोपण गरेको छ । लायन बर्ष २०१९/२० को पहिलो कार्यक्रम नै बृक्षरोपणबाट सुरुवात गरिएको उनले बताए । गौंथली डाँडाको संरक्षण र संवद्र्धन अव लायन्स क्लबले गर्ने भन्दै उनले यसको संरक्षणमा जुटिदिन सवैलाई आग्रह गरेको थियो । यसअघि निजी लगानीमा चौतारो निर्माणगरी बर र पिपल रोपिएको गाँथली डाँडामा बृक्षरोपण गरिएको हो ।

Related News

सम्बन्धित समाचार

  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…

hero news full width