गर्व गर्न लायकको पूर्वाधार बन्छ : सदस्य सचिव सिलवाल

आदर्श समाज सम्वाददाता
असार २८, २०७६
Ramesh Kumar Silwal

पोखरा । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले पोखरामा नवौ राष्ट्रिय खेलकुदका लागि बन्ने पूर्वाधारहरु गर्व गर्ने लायकको हुने गरी निर्माण हुने बताएका छन् ।

कास्की जिल्ला खेलकुद बिकास समितीले जिल्लाका विभिन्न खेलकुद संघका अध्यक्ष तथा पदाधिकारि सँगको अन्तक्रियामा अध्यक्ष सिलवालले भने, ‘नयाँ सोच र खोजका साथ अगाडि बढ्नुपर्ने हुन्छ । खेलकुदमा हाल निर्माण भइरहेका पूर्वाधारहरुमा आपसी समन्वयको अभावका कारण समस्या उत्पन्न भएका छन् । भौतिक पूर्वाधारमा प्रविधिसँग सहकार्य गर्न सकेमा धेरै कुराहरुमा सहजता हुन्छ । १३ औं दक्षिण एशियाली खेलकुद (साग) लाई अर्जुनदृष्टि राखेर पूर्वाधार निर्माणलाई तिव्रता दिइनेछ ।’

सदस्य सचिब सिलवालले पोखराको रंगशालाभित्र माष्टरप्लानसहित नयाँ ढङबाट निर्माण प्रक्रियाहरु गरिने बताए । उनले रंगशालालाई क्रंकिटको जंगल बन्न दिन नहुने तर्क अघि सारे ।

सदस्य सचिब सिलवालले खेलकुदका प्रशिक्षकहरु गफ दिएर समय विताउने दिन गइसकेको बताए । अब प्रशिक्षकहरुका सम्बन्धमा नयाँ ढङबाट अगाडि बढ्ने बताए । उनले भने, ‘अब प्रशिक्षकहरु स्थायी दरवन्दीमा नभई कन्ट्रयाक्टका आधारमा नियुक्ति दिइनेछ । प्रशिक्षकले खेलकुदमा यति लामो विताए भन्नु भन्दापनि गहिराइमा पुगेर मुल्यांकन गरिन्छ ।’

कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुदका विभिन्न १४ संघका अध्यक्ष, सहारा क्लब पोखराका पदाधिकारीलगायतको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • टाइगर कपको अन्तिम तयारी

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा रंगशालामा यही १२–१९ माघसम्म टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदैछ । टाइगर ग्रुप अफ पोखरा…
  • एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    लमजुङ । मस्र्याङ्दी गाउँपालिका–६ मा आयोजित वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि सिर्जना युवा क्लब, ठूलीबेंसीले जितेको छ । फाइनलमा पुगेका…
  • माछापुच्छ्रेमा वडास्तरीय भलिबल

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । माछापुच्छ्रे गाउँपालिका वडा ९, सिधिङमा साविक वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिधिङ युनाइटेडले क्लबको…
  • सहारालाई गिनिजको सहयोग

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । सहारा क्लब पोखरालाई सहयोग आउने क्रम जारी छ । क्लबले आयोजना गर्न लागेको २४ औं आहारारा पोखरा गोल्ड…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…

hero news full width