ग्रीन टाउनको वृक्षारोपण

आदर्श समाज सम्वाददाता
असार २८, २०७६
20190713_074357

पोखरा, २८ असार । लायन्स क्लब अफ पोखरा ग्रीन टाउनले वृक्षारोपण कार्यक्रम शनिबार सम्पन्न भएको छ । लायन्स बर्ष २०१९/२० को पहिलो कार्यक्रम अन्तर्गत पोखरा ११ फूलबारी स्थित शिवशक्ति माविको हाता भित्र २५ थान विभिन्न जातीका विरूवा रोपिएको हो ।

प्रमुख अतिथि पढायौ अभियानका प्रमुख लायन चण्डी प्रसाद अर्यालले विरूवा रोपी उदघाटन गरेको कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर बास्तोला, विद्यालयका प्रधानाध्यापक एवं क्लब सल्लाहकार शम्भुराज बास्तोला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा अपागं छात्रालाई एक थान अपागं मैत्री टेबल र कुर्ची समेत हस्तान्तरण गरिएको थियो ।

क्लब अध्यक्ष शान्ता बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष एवं कार्यक्रम सयोजक रजनी कोइराला र संन्चालन सचिव विन्दा रायमाझीले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • ‘कोल्ड स्टोरको आलु कुहियो, क्षतिपूर्ति कसले दिने ?’

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । व्यावसायिक किसान छविलाल श्रेष्ठले अघिल्लो वर्ष बारीमा फलेको आलु पालिकाकै कोल्ड स्टोरमा राखे । खेत खनजोत गरेर कोल्ड…
  • खर्च जुटाउँदै पोखरामा राउटे

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । राउटे समुदाय पहिला काठका सामग्री बेचेर गुजारा चलाउँथे । अहिले ती खासै बिक्री हुँदैनन् । परम्परागत पेसा संकटमा…
  • एयरपोर्ट चलाउन पोखरेलीको हारगुहार

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । आन्तरिक उडानमा सीमित…
  • चण्डिडाँडाका विद्यार्थीलाई पोशाक वितरण

    आदर्श समाज सम्वाददाता असार १९, २०८१
    पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण आयोजनामा रनिमेड कजेल युकेका विद्यार्थी सहयोगमा चण्डीडाँडा माविका ८० जना विद्यार्थीलाई ट्रयाक सुट, टिसर्ट…
  • सेन्ट्रल गार्डनको अन्तर्क्रिया

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइई विद्यार्थीसँग अन्तत्र्रिmया गरेको छ । ‘पढाऔं अभियान’ अन्तर्गत १२ वैशाखदेखि सञ्चालित…

hero news full width