लौरोले हिर्काउँदा गुरुङको मृत्यु

आदर्श समाज सम्वाददाता
असार २५, २०७६

पोखरा, २५ असार । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० धामलेमा कुटपिटबाट ४२ बर्षीय रामबहादुर गुरुङको मृत्यु भएको छ ।

नयाँपुल–घान्दु्रक कच्ची सडक खण्डमा काम गर्ने ओखलढुंगा सुनकोशी गाउँपालिका–४ निवासी २६ बर्षीय रुद्र मगरले सामान्य विवाद हुँदा स्याङ्जा ज्यामिरे घरभई हाल सेही स्थानमा काम गर्दै आएका ४२ बर्षीय गुरुङलाई उत्तिसको लौरीले टाउकोमा प्रहार गर्दा गुरुङको घटनास्थलमा नै मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । कुटपिट गर्ने रुद्र मगरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width