प्रहरी जवानको दुर्घटनामा मृत्यु

आदर्श समाज संवाददाता
असार २५, २०७६
accident-hindustan-november-expressway-gurgaon-tuesday-november_9fc27cfe-0a6b-11e7-ba13-f6aef3964879

असार, २५ नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका –१० दुम्किबास अरुणखोलाबीच जंगलमा गएराति भएको सवारी दुर्घटननामा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

प्रहरी चौकी अरुणखोलाका अनुसार राति जंगलमा रोकि राखेको ना ६ ख ५२०७ नम्बरको ट्रकसँग लु २२ प २८९९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक पाल्पाको तिनाउ गाउँपालिका १ बस्ने २७ बर्षका भीमराजबहादुर छहरी मगरको मृत्यु भएको हो ।

उनी सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय रुपन्देही बाहिनी नं. ५ चनौटा कपिलवस्तु दरबन्दी भई विओपि बोगडी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान हुन् ।
दुर्घटनामा गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा गएराति नै निधन भएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width