नेपाली चलचित्रको इतिहास खोतल्ने हो भने मेची पारीको दार्जिलिङ र सिक्किमको ठूलो देन रहेको छ । नेपालमा न्यून संख्यामा चलचित्र बनिरहेको समयमा भारतको सिक्किममा नेपाली भाषी चलचित्र कुसुमे रुमाल तथा लाहुरे निर्माण भएका थिए । नेपाली रजटपटमा सुपर हिट भएका ति चलचित्रहरुको दृश्यलाई सम्झाउने गरि ‘आप्पा’ रिलिज भयो । संयोग त के रह्यो भने लाहुरे तथा कुसुमे रुमाललाई निर्देशन गरेका चर्चित निर्देशक तुलसी घिमिरे ‘आप्पा’मा कलाकारको रुपमा प्रस्तुत भए । तुलसी घिमिरे नेपाल छिरेपछि भारतबाट नेपाली भाषामा चलचित्र बन्न लगभग छोडिसकेको थियो । सिक्किममा ३४ वर्ष अगाडि बनेको कुसुमे रुमाल र ३० वर्ष अगाडि बनेको लाहुरे पछि सोहि ठाउँबाट आप्पा चलचित निर्माण भएको हो ।
आप्पामा नेपालका कलाकार र मेची पारीका नेपाली भाषी भारतीय कलाकारको संयुक्त प्रस्तुती रहेको छ । राजनीतिले दुई देश भनेर छुट्याए पनि कलाले भने यो र त्यो देश पक्कै भन्दैन । बाबु र छोराको कथा बोकेको आप्पामा नेपालबाट दयाहाङ राई, अरुणा कार्की मुख्य कलाकार छन् भने भारतबाट सिद्धार्थ तामाङ र अलोना लेप्चाको शिर्ष भूमिका रहेको छ । रुदेन लेप्चाले निमार्ण गरेको यस चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । शैलेन्द्र कार्कीले चलाएको क्यामराले चलचित्रलाई सुन्दर बनाएको छ । इलामको सबैभन्दा उच्च क्षेत्रमा पर्ने सन्दकपुर क्षेत्रको सुन्दर भूगोल तथा दार्जिलिङको सौन्दर्यलाई टपक्क टिपेर शैलेन्द्रले दर्शकाको आँखामा सजाउन सफल भएका छन् । लोभलाग्दो दृश्य कैद गरिएको ‘हावा’ सरर गीत मनमुग्ध छ । उमेश थापाले सिर्जना गरेको उक्त गीतलाई थुप्देन भुटिया र स्नेहाश्रीले गाएका छन् ।
बाबु छोराको प्रेममा आधारित आप्पामा दयाहाङ राई बाबुको भूमिकामा छन् भने सिद्धार्थ तामाङ छोराको भूमिकामा छन् । जिप ड्राइभर तथा गाइडको रुपमा काम गर्ने आप्पा अर्थात दयाहाङले पर्यटकहरुलाई सन्दकपुर घुमाउने पेशा अंगालेका हुन्छन् । एकपटक बंगाली पर्यटकलाई सन्दपुर घुमाउन लैजान क्रममा जीप भिरबाट खस्दा बंगालीको सानो छोरा र आप्पा बाहेक सबैको मृत्यु हुन्छ । त्यसपछि धर्म छोरा बनाएर सिदार्थलाई आप्पाले पाल्छ । चलचित्र आधा भागामा यो कथा समावेश गरिएपछि दोस्रो भागमा भने सिद्धार्थ होस्टलमा हुर्किएर ठूलो हुन्छ र आप्पा भेट्न आउँदा उसले आफु टुहुरो भएकामो उसलाई दोष दिन्छ । आफुले मनपराएकी युवती अलोनाले उसलाई स्विकार नगरेपछि सिद्धार्थले आत्महत्या गर्न खोज्छ र आप्पाले उसलाई बचाउन बोकेर अस्पतालतर्फ दौडिन्छ तर दुबैलाई गाडी ठक्कर दिन्छ । अस्पतालमा होषमा आउँदा सिद्धार्थले आप्पालाई गुमइासकेको हुन्छ । चलचित्रका अन्तिम ५ मिनेटका दृश्यले दर्शकलाई भावहिल बनाउँछ ।
समग्रमा आप्पा औषत चलचित्र हो । सिनेम्याटोग्राफी र गीत अब्बल भएता पनि पहिलो र दास्रो हाफलाई बुन्ने तरिकामा निर्देशक चुकेका छन् । चलचित्रको दृश्यहरुले दर्शकहरुलाई मोहित पार्छ । पछिल्ला नेपाली चलचित्रहरुमामा मुस्ताङको दृश्य मात्र हेरेर दिक्क भएका दर्शकलाई आप्पाले सन्दकपुरको नयाँ दृश्य दिएको छ र यो घुम्ने नयाँ गन्तव्य बन्न सक्छ ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१