देविलाल सापकोटा स्मृति सम्मान गंगबहादुरलाई

आदर्श समाज सम्वाददाता
असार १७, २०७६
samman (3)

पोखरा, १७ असार । देविलाल सापकोटा स्मृति समाजसेवी सम्मानबाट पोखरा–२५ हेमजाका समाजसेवी गंगबहादुर कुँवरलाई सम्मान गरिएको छ ।लायन्स क्लब अफ पोखरा लालिगुँ रासले सोमबार एक कार्यक्रमको आयोजना गरी समाजसेवी गंगबहादुर कुँवरलाई सम्मान गरेको हो ।

स्वर्गीय सापकोटाका परिवारले स्थापना गरेको अक्षयकोषबाट कुँवरलाई सम्मान गरिएको हो । कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिना, लायन्स क्लब ३२५ वि वान कलस्टर १० का कलस्टर प्रमुख पृथ्वीराज तिमिल्सिना, अक्षयकोषदाता हरिकाला सापकोटा, लायन्स क्लब पोखरा लालिगुँरासका वर्ष २०१९/२० का अध्यक्ष मिनराज तिमिल्सिनाले संयुक्त रुपमा दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरेका थिए ।

त्यसैगरी कार्यक्रममा क्यान्सर पीडित पोखरा–२५ हेमजा निवासी लीला परियारलाई लायन्स क्लब अफ पोखरा लालिगँुरासबाट २८ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरिएको थियो । कार्यक्रममा लायन्स क्लब अफ पोखरा लालिगुँ रासको वर्ष २०१९/२० को पदस्थापना पनि गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट कार्य गरेको भन्दै वर्ष २०१८/१९ का सचिव कपिलदेव शर्मालाई वर्ष २०१८/१९ का अध्यक्ष धर्म भण्डारीले अवार्डबाट सम्मान गरेका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले समाजिक क्षेत्रमा काम गर्नका लागि लायन्स क्लबबाट सवैले पाठ सिक्नु पर्ने बताए ।उनले क्लबले एक उत्कृष्ट समाजसेवीलाई सम्मान गरेको बताउँदै यसले अरुलाई पनि समाजिक क्षेत्रमा क्रियाशील वन्न सहयोग बनाउने उल्लेख गरे ।

लायन्स क्लब ३२५ वि वान कलस्टर १० का कलस्टर प्रमुख पृथ्वीराज तिमिल्सिनाले सम्मान र सहयोगले क्लबको उचाई बढेको बताए । सम्मानित व्यक्तित्व गंगबहादुर कुँवरले सम्मानले आफुलाई झल काम गर्ने उर्जा मिलेको बताए ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा लालिगुँरासका संस्थापक अध्यक्ष केशवशरण पौडेल, अक्षयकोषदात तथा वर्ष २०१९/२० का सचिव प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विनोदप्रसाद त्रिपाठी, लायन्स क्लब अफ पोखरा वर्कि· टुगेदरका अध्यक्ष शंकर आचार्य, लायन्स क्लब अफ पोखरा लालिगुँ रासका द्धितीय उपाध्यक्ष कपिलदेव शर्माले बोलेका थिए ।

लायन्स क्लब अफ पोखरा लालिगुरास वर्ष २०१९/२० का अध्यक्ष मिनराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष भरतराज पराजुलीले स्वागत र पूर्व अध्यक्ष अनन्त अधिकारीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…

hero news full width