निर्माण सामाग्रीको अभाव

आदर्श समाज सम्वाददाता
असार १६, २०७६
alakatra-bitumen-3

पोखरा, १६ असार । निर्माण सामाग्रीको अभावले तोकिएको समयमा काम सम्पन्न हुन नसकेमा आवश्यक समय थप गरिदिन नेपाल निर्माण व्यवसायी संघ कास्कीले माग गरेको छ ।

निर्माण कार्यको लागि आवश्यक पर्ने सामाग्रीहरु विटमीन, गिटी, वालुवा, ग्राभेलको आपूर्ति भन्दा माग वढीभई कच्चा पदार्थको बजारमा अभाव सृजना भएको भन्दै संघले विज्ञप्ति नै प्रकाशित गरी सरकारसँग यस्तो माग राखेको हो ।

आर्थिक वर्षको अन्त्यतिर आएपछि निर्माण कार्यको लागि आवश्यक पर्ने बजेट सरकारले निकाशा गर्ने प्रवृतिले गर्दा अहिले विटमीनको अभावका कारण सडक कालोपत्रे गर्ने कार्य सम्पन्न हुन नसक्न अवस्था रहेको विज्ञप्तिमा जनाइएको छ ।

निर्माण व्यवसायीलाई आवश्यक विटमीन उपलब्धताको लागि सरकारले कदम चमल्न सकेमा मात्र समयमा नै काम सम्पन्न गर्न सकिने भनाई व्यवसायीको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width