जिपको ठक्करबाट मृत्यु

आदर्श समाज सम्वाददाता
असार ६, २०७६
car-bike-hit-and-run

बुटवल ६ असार । रुपन्देहीको सैनामैना १ बुद्धनगरमा शुक्रवार विहानै भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पुर्वपश्चिम राजमार्ग खण्डमा बुटवलबाट कपिलवस्तुतर्फ जार्दै गरेको ६९३६ नम्वरको पिकअप जिपले साईकल यात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका साईकलमा सवार सैनामैना ४ बुद्धनगरका ५५ चन्द्र वहादुर थारुको मृत्यु भएको हो ।

गंभिर घाईते थारुको उपचारका क्रममा बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ठक्कर दिने चालक र सवारी साधनलाई भने ईलाका प्रहरी कार्यालय रन्यौराले नियन्त्रणमा लिएको छ । तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width