प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आवधिक योजना र सरकारको नीति कार्यक्रममा केन्द्रित भएर बजेट आएकाले बजेटको कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गरेका छन्। उनले अव प्रदेशले गतिका साथ काम अघि बढाउने पनि बताए।
प्रदेश सरकारले सार्वजनिक गरेको बजेटका सम्वन्धमा सोमवार बुटवलमा पत्रकारसँग अन्तरक्रिया गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री पोखरेलले चालु आर्थिक वर्षमा कर्मचारीको अभावले समयमा बजेट कार्यान्वयन हुन नसके पनि आगामी आर्थिक वर्षको शुरुदेखि नै बजेट कार्यान्वयन हुने बताए।
चालु आर्थिक वर्षको बजेट ७० प्रतिशत खर्च भएको र संघको अनुदानबाट आएकोमध्ये डेढ अर्ब रुपैयाँ बजेट बढी खर्च गर्न सफल भएको भन्दै उनले आगामी आवको बजेट ८ महिनामै खर्च गरि सक्ने बताए। मन्त्री पोखरेलले बजेटले प्राथमिकता दिएअनुसार कृषिको व्यवसायिकरण गर्दै जाने, युवालाई कृषिकर्ममा आकर्षित गर्ने, पर्यटकीय गन्तव्यलाई आकर्षक ढंगले विकास गर्ने बताउँदै अर्थतन्त्रको आकारलाई राष्ट्रिय तहमा पुर्याउने बताए। मुलुकको अर्थतन्त्र अझै काठमाडौंकेन्द्रित रहेके भन्दै उनले अब प्रदेशहरुमा विकेन्द्रित गर्नुपर्ने बताए।
‘अहिले सिंगो अर्थतन्त्र काठमाडौं भ्यालीमा थुप्रिएको छ, काठमाडौंले नै डोमिनेट गरेको छ’, उनले भने, ‘काठमाडौं केन्द्रित अर्थतन्त्रले देशको सन्तुलित विकास हुन सक्दैन। त्यसैले अर्थतन्त्रलाई प्रदेशहरुमा विकेन्द्रित गर्नुपर्ने अवस्था आइसक्यो। ’ प्रदेश ५ अर्थतन्त्र र जनसंख्याका हिसाबले कमजोर भएको तर, कुल ग्राहस्थ उत्पादनका हिसाबले अन्य प्रदेशभन्दा अगाडि रहेको स्पष्ट पारे।
मुख्यमन्त्री पोखरेलले आउँदो आर्थिक वर्ष कुल ग्राहस्थ उत्पादन ८ प्रतिशत पुर्याउने लक्ष्य निर्धारण गरिएको र यो पूरा गरेरै छाड्ने दाबी गरे।
यसैबीच, प्रदेश पाँचको सरकारले आइतबार प्रस्तुत गरेको बजेट वितरणमुखी रहेको भन्दै प्रदेशको दीगो विकासका लागि प्रभावकारी नुहने प्रतिपक्षी दलका सांसदहरुले बताएका छन्।
काँग्रेस संसदीय दलका उपनेता वीरेन्द्रकुमार कानौडियाले बजेटले सबै क्षेत्रलाई समेट्न खोजे जस्तो देखिए पनि छरिएको र छरिएको बजेटले प्रदेशको दीगो विकासको लक्ष्यलाई भेट्टाउन नसक्ने बताए। बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष हरिप्रसाद अर्यालले बजेट सबैलाई समेट्ने नाममा छरिएर आएको बताए। सैद्धान्तिक रुपमा उठान गरिएका विषय राम्रा भएपनि बजेटको आकार सानो भएकाले समृद्ध प्रदेशको लक्ष्य हासिल गर्न नसक्ने उनले बताए।
Related News
सम्बन्धित समाचार
एक्यापको म्याद सकियो, प्रदेश मातहत ल्याउने प्रयास
‘नेकपा नफुट्दासम्म कांग्रेसले चलखेल गर्दैन’
पास भयो संकल्प प्रस्ताव: अनुगमन गर्न ९ सदस्यीय समिति
गण्डकीका मुख्यमन्त्री भन्छन् : आफ्नैले गरेको आलोचना सहिनसक्नु
गण्डकी प्रदेश सभामा संकल्प प्रस्तावमाथि छलफल जारी, सरकारप्रति कटाक्ष
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७