खोटाङ, ३ असार । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित रातमाटामा सञ्चालन गरिएको खानेपानी योजनाबाट ८४ घर उपभोक्ता लाभान्वित भएका छन । गाउँपालिकाको आर्थिक वर्ष २०७५र७६ मा विनियोजन गरिएको रु ३२ लाख ५० हजार र उपभोक्ताको रु सात लाख ७८ हजार ४८६ को जनश्रमदान गरी जम्मा रु ४० लाख २८ हजार ४८६ मा खानेपानी योजना सञ्चालन गरिएको हो ।
उपभोक्ताको घरमा निर्माण गरिएको धारामा मिटर जडान गरेर खानेपानी वितरण गरिएको छ । गाउँपालिका प्रमुख भूपेन्द्र राईले गाउँमा सञ्चालित खानेपानी योजनालाई प्रभावकारी बनाउँदै खेर जाने पानीलाई सदुपयोग गर्न उपभोक्ताको धारामा मिटर जडान गरिएको बताए ।
जिल्लाका १० स्थानीय तहमध्ये खानेपानीलाई व्यवस्थित गर्न मिटर जडान गर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका पहिलो भएको छ । “गाउँपालिकामा खानेपानीका मुहान सुक्दै गएका छन”, उनले भने “भएका मुहानलाई संरक्षण गर्दै वितरीत खानेपानीलाई सञ्चित गर्न उपभोक्ताको धारामा मिटर जडान गरिएको हो ।”
लामो समयदेखि खानेपानीको समस्या रहेको याम्खामा सञ्चालित खानेपानी योजनाको ८४ घर उपभोक्तामध्ये पहिलो चरणमा ४२ घरको धारामा मिटर जडान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष बलजीत राईले बताए । बाँकी ४२ घरमा निर्माण गरिएको धारामा असार मसान्तभित्र मिटर जडान गरिने जनाइएको छ ।
याम्खामा सञ्चालित खानेपानी योजनालाई व्यवस्थित गर्ने तयारीका साथ केही दिनभित्र मिटर रिडर र हेरालु राखिने जनाइएको छ । “उपभोक्ताको धारामा जडान गरिएको मिटरमा उठेको बिलको आधारमा न्यूनतम शुल्क लिने योजना बनाएका छौँ”, निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले भने “यस विषयमा गाउँपालिकासँग समन्वय गरेर निर्माण उपभोक्ता समितिले शुल्क निर्धारण गर्नेछ ।” उपभोक्ताको घरमा निर्माण गरिएको धारामा जडान गरिएको मिटर उपभोक्ता आफँैले खरीद गरेको जनाइएको छ ।
गाउँदेखि चार किलोमिटर टाढा रहेको टुक्रेखोलाबाट ६३ मिलिलिटरको पाइपमा ल्याइएको पानी गाउँनजिकै निर्माण गरिएको ७० हजार लिटरको ट्याङ्कीमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ । याम्खाका स्थानीयवासी यसअघि खानेपानी अभावमा घण्टौँ टाढाबाट कुवा तथा खोलाबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका थिए । अहिले घर–घरमा निर्माण गरिएको व्यवस्थित धारामा आएको पानी उपभोग गर्न पाएपछि हर्षित भएका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने याम्खामा यसअघि कादुरी र युनिसेफले खानेपानी योजना सञ्चालन गरेको थियो । उक्त संस्थाले सञ्चालन गरेको योजनाले काम नदिएपछि पुनः नयाँ योजना सञचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भूगोलविद् डा. हर्कको सालिक अनावरण
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१