म्याग्दीमा पनि वढ्दै लागुऔषध कारोबार

रासस
असार २, २०७६
drugs-of-abuse

म्याग्दी, २ असार । दुई युवती सहित म्याग्दी जिल्लाको वेनीबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिमाली जिल्लाहरुमा समेत यस्तो लागुऔषधको कारोबार वढ्न भनेको प्रहरीलाई थप चुनौतीको बिषय बनेको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट ८६ सेट (डाइजापाम, फेनेरागन र नुर्फिन) बरामद गरिएको छ । म्याग्दी प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले पक्राउ गरेका ती व्यक्तिलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि १० दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ ।

पक्राउ पर्नेमा रघुगङ्गा गाउँपालिका–१ बेगका २१ वर्षीय निखिल फगामी, बेनी नगरपालिका–८ की रेजिना श्रेष्ठ र मङ्गला गाउँपालिका–३ बरंजाकी २२ वर्षीया सीता केसी छन । यस्तै बेनी नगरपालिका–९ गलेश्वरका राजकुमार शेरपुञ्जा, बेनी नगरपालिका–८ का २८ वर्षीय विजय बानियाँ र रघुगङ्गा–६ घर भई हाल बेनी नगरपालिका–७ मङ्गलाघाट बस्ने २० वर्षीय प्रविण छन्त्याल रहेका छन् ।

शङ्कास्पद रुपमा हिँडिरहेका उनीहरुलार्ई गस्तीमा रहेको प्रहरी टोलीले शनिबार राति जाँच गर्ने क्रममा लागुऔषध सहित फेला परेपछि नियन्त्रणमा लिएको हो । उनीहरुले लागुऔषध प्रयोगका साथै ओसारपसारमा समेत संलग्न भएको प्रारम्भिक बयानबाट खुल्न आएको जानकारी पहरीले दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width