तानसेन टुँडिखेलमा व्यवस्थित पैदलमार्ग बन्ने काम शुरु भएपछि यहाँका सबै उत्साहित छन्। ‘गरे राम्रो देखिँदो रहेछ, तानसेन टुँडिखलेमा पैदलमार्ग बन्दै’ आफ्नो फेसबुक वालमा तानसेन नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराईले पनि तस्वीरसहित स्टाटस राखेका छन्। नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट टुँडिखेलको सौन्दर्य विस्तार अभियानअन्तर्गत व्यवस्थित पैदल मार्ग निर्माण गर्न लागिएको हो।
‘टुँडिखेलको सौन्दर्यीकरण गर्नको लागि काम अगाडि बढाइएको हो।’ नगरपालिकाका प्रवक्ता एवम् वडा ११ का वडाध्यक्ष दामोदर घिमिरेले भने, ‘नगरपालिका र प्रदेश सरकारको गरी कुल ३० लाखको लागतमा पैदलमार्गको काम थालिएको छ। ’ प्रवक्ता घिमिरेले पैदलमाग व्यवस्थित नहुँदा वर्षाको पानी दक्षिणतर्फका वस्तीमा भलको रुपमा पस्ने समस्या रहेकोमा यसलाई समाधान गर्ने र पैदलयात्रुहरूका लागि पनि सजिलो हुने गरी काम अगाडि बढाइएको उनले बताए।
‘हामीले दक्षिणतर्फ बग्ने पानीलाई उत्तरतर्फ बगाउने र नजिकै रहेको तीनधारा खोल्सामा भलको पानी पुग्ने गरी थप काम गरिरहेका छौं, ’ प्रवक्ता घिमिरेले भने, ‘नगरपालिकाले काम गर्दै जानेक्रममा टुँडिखेलको सौन्दर्यीकरणको लागि बजेट अपुग भए थप गरेरै भए पनि यसै वर्ष काम सम्पन्न गनेर्छ। ’
तानसेन टुँडिखेलको सौन्दर्यीकरण विस्तारको लागि पाल्पा उद्योग बाणिज्य संघले पनि लगानी गरेको छ। पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले टुँडिखेलको स्तरोन्नतिमा बाणिज्य संघले २० लाख रुपैयाँभन्दा बढी रकम खर्च गरिसको बताए। ‘टुँडिखेलको स्तरोन्नतिमा पाल्पा उद्योग बाणिज्य संघको ठूलो लगानी छ। ’ उनले भने, ‘वीरेन्द्र फूलबारीमा हालसम्म साढे १३ लाख र उजिरसिंहको पूर्णकदको शालिक निर्माणमा ७ लाख रुपैयाँ लगानी गरिसकेका छौं। ’ उनले नेपाली सेनासँगको सहयोगमा अन्य विकास निर्माणका कार्यक्रमहरूमा पनि पाल्पा उद्योग बाणिज्य संघको लगानी रहेको बताए। पाल्पा उद्योग बाणिज्य संघले टुँडिखेलमा व्यापार मेला सञ्चालन गर्दा बचत भएको रकमबाट टुँडिखेलको स्तरोन्नतिमा बजेट छुट्याएर काम गरेको श्रेष्ठले जानकारी दिए। टुँडिखेललाई खेलमा विगतका वर्षहरूमा व्यापार मेला तथा अन्य उत्सवका कार्यक्रमहरू सञ्चालन हुने गरेको भए पनि गत वर्षदेखि नगरपालिकाले ठूलो मेला महोत्सव गर्न रोक लगाएको छ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१