पाकिस्तानविरुद्धको खेलमा भारतीय टिमको ध्यान केन्द्रीत

एजेन्सी
जेठ ३२, २०७६
Virat KOHLI

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलका लागि केन्द्रीत हुने बताएका छन् ।

इङल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप अन्तर्गत न्युजिल्याण्डविरुद्धको खेलमा अंक बाँडेपछि बोल्दै कप्तान कोहलीले अब पाकिस्तानसंगको खेलका लागि टिमले तयारी गर्ने बताए ।

नटिङगमा बिहीबार बर्षाको कारण भारत र न्युजिल्याण्डबीचको खेल टससमेत नभई रद्द भएको थियो । खेल रद्द भएपछि दुवै टोलीले एक एक अंक पाएका छन् ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल निकै चर्चाको बिषय बन्छ । दुई देशको राजनीतिक द्वन्दको कारणले क्रिकेट चर्चामा रहने गर्छ । विश्वकप अन्तर्गत भारत र पाकिस्तानले आइतबार ओल्ड ट्राफोर्डमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै कप्तान कोहलीले आफूहरु राम्रो क्रिकेट खेलिरहेको कारण पाकिस्तानसँग खेलका लागि चिन्तित नभएको बताए ।

‘हामीले दुई जित निकालेका छौँ । जसले हामीलाई थप आत्मविश्वासी बनाएको छ । हामीले राम्रो क्रकेट खेलिरहेका छौं । त्यसैले हामी चिन्तित छैनौं,’ कप्तान कोहलीले थपे ।

जारी विश्वकपमा भारतले ३ खेलमा ५ अंक जोडेको छ । पाकिस्तानले ४ खेलबाट ३ अंक जोडेको छ । दुईबीचको पछिल्लो दुई भेटमा भारतले जित निकालेको छ । तर, सन् २०१७ मा पाकिस्तानले भारतलाई पराजित गर्दै च्याम्पियन्स ट्रफी जितेको थियो ।

Related News

सम्बन्धित समाचार

  • फूलपातिमा सराङकोटमा सरुन खेल हुने

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा–१८, सराङकोटमा सरुन खेल र विशेष फूलपाति बढाइ कार्यक्रम हुने भएको छ । नेपालको इतिहास राज्य एकीकरणमा युद्धकौशलसँग…
  • बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा महानगर बक्सिङ संघले बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक वितरण गरेको छ । संघले सोमबार दशैँ, तिहार, नेपाल संवत्…
  • पोखरामा क्रस कन्ट्री दौड तयारी

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा आगामी २४ कात्तिकमा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । नेपाल–चीन…
  • जुडो रेफ्री तथा कोच तालिम

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । कास्की जिल्ला जुडो संघको आयोजनामा आइतबार ‘जुडो रेफ्री तथा कोच तालिम’ सम्पन्न भएको छ । पोखरा रंगशालाभित्र जुडो…
  • पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । माछापुच्छ्रे क्रिकेट लिगअन्तर्गत शनिबारको खेलमा पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी भए । माछापुच्छे« क्रिकेट क्लब आयोजनामा लेखनाथमा…

hero news full width

Recent Posts

भर्खरै