शिक्षाको एउटै धार बन्ने गरी नीति, कार्यक्रम र बजेट माग

रासस
जेठ ३०, २०७६
ggg

काठमाडौँ, ३० जेठ । हाल शिक्षा दुई धारबाट सञ्चालन हुँदा दुई थरी जनशक्ति उत्पादन भइरहेकाले एकै किसिमको हुने गरी नीति, कार्यक्रम र बजेट बन्नुपर्नेमा जोड दिइएको छ ।

सङ्घीय संसद्, प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि विनियोजित रकममाथि मन्तव्य व्यक्त गर्दै नेपाली काङ्ग्रेसका सांसद उमेश श्रेष्ठले पाठ्यक्रमको परिमार्जन गर्नुपर्ने र सरकारी विद्यालयमा पनि अङ्ग्रेजी माध्यमबाट पढाउने हो भने विद्यालयमा दुई धार नदेखिने बताए ।

आर्थिक वर्ष ९आव० २०७६÷०७७ का लागि शिक्षा क्षेत्रमा रु एक खर्ब ६३ करोड ७६ लाख बजेट विनियोजन गरिएको छ । हाल नेपालमा आधारभूत, माध्यमिक र उच्च शिक्षा गरी तीन तहका विद्यालय छन । कूल विद्यालयको सङ्ख्या २९ हजार र ११ विश्वविद्यालय छन् ।

विनियोजन विधेयक, २०७६ माथिको छलफलमा भाग लिनुहुँदै सांसद नवराज सिलवालले बजेट अभावमा काम नभएको नभई सोचका कारण प्रभाव परेको बताए । उनले विकास खर्च हुन नसकेर वर्षौंपिच्छे बजेट फिर्ता (फ्रिज) भइरहेको अवस्थामा बजेट छैन भन्नु अनुपयुक्त हुने सुनाए ।

हाल विद्यालय सरकार र निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको छ । निजी क्षेत्रमा २१ प्रतिशत र सरकारी विद्यालयमा ७९ प्रतिशत विद्यार्थीले पढ्दै आएका छन । निजी क्षेत्रमा पढ्ने विद्यार्थीले निजी प्रकाशन गृहका पाठ्यपुस्तक पढ्नुपर्छ भने सरकारी विद्यालयमा पढ्ने विद्यार्थीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रकाशन गरेका नेपाली माध्यममा प्रकाशन भएका पाठ्य पुस्तक पढ्छन । सरकारी विद्यालयमा पढ्ने विद्यार्थीले पाठ्य पुस्तक निःशुल्क प्राप्त गर्छन ।

छलफलमा सांसद सञ्जयकुमार गौतम, राजेन्द्रप्रसाद गौतम, भीमसेनदास प्रधान, लालप्रसाद लिम्बू सावा, पवित्रा निरौला खरेल, दिव्यमणि राजभण्डारी, खगराज अधिकारी, सूर्यप्रसाद पाठक, नवराज रावत, लक्ष्मी परियार, गोपालबहादुर बम, रामबहादुर विष्ट, भूपेन्द्रबहादुर थापा, प्रमिला राई, मैनाकुमारी भण्डारी, देवप्रसाद तिमिसल्सिना, नवीना लामा, रङ्गमती शाही, घनश्याम खतिवडा, डिला सङ्ग्रौला र गजेन्द्रबहादुर महलले आफ्नो धारणा राखे ।

बैठकमा खानेपानी र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विभिन्न शीर्षकमा छुट्याइएको बजेटका विषयमा पनि छलफल भएको थियो । सभाको अर्को बैठक जेठ ३१ गते शुक्रबार ११ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width