संयुक्त राष्ट्रसंघ, ३० जेठ । मालीका लागि राष्ट्रसंघीय विशेषदूत महामत सालेह अन्नाडिफले पश्चिम अफ्रिकी मुलुक मालीमा जारी हिंसात्मक घटनामा नाटकीय रुपमा सुधार आएकाले शान्ति प्रक्रिया नै नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।
अन्नाडिफले सन २०१५ मा माली सरकार र सशस्त्र विद्रोहीबीच भएको शान्ति सम्झौताले ठोस प्रगतिका निम्ति अझै पनि अवसर प्रदान गरेको चर्चा गर्दै आगामी ६ देखि १२ महिनाभित्रै शान्ति प्रक्रिया नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरे ।
माली सरकारले सन् २०१२ यता निकै संवेदनशील परिस्थितिको सामना गरेको भएपनि मुलुकको स्थायित्वका लागि निरन्तर पहल गरेको छ । यसबीचमा एउटा सैनिक विद्रोह, सरकारी फौज र टुआरेज विद्रोहीबीच सशस्त्र संघर्ष पुनः आरम्भ तथा उत्तरी ठूलो भूभागमा अतिवादीहरुले कब्जा गर्नेजस्ता ठूला घटना भएको थिए ।
तर गत अप्रिल २२ मा प्रधानमन्त्री बोबु सिस्सेको चयनसँगै प्रमुख दल र विपक्षी दलबीच सम्झौता तथा विभिन्न पक्ष सम्मिलित सर्वपक्षीय सरकारको निर्माणले मुलुकको शान्ति प्रक्रियालाई नयाँ चरणमा प्रवेश गराएको छ ।
उत्तरी मालीमा विकास क्षेत्रको गठन समेतका राजनीतिक र संस्थागत सुधार गरिएको बताउँदै अन्नाडिफले शान्ति सम्झौताको मुख्य उद्देश्यका रुपमा रहेको जनतालाई आधारभूत सेवा उपलब्ध गराउने सरकारी प्रतिबद्धता पूरा हुनेक्रममा रहेको जानकारी दिए ।
मालीका लागि राष्ट्रसंघीय शान्ति मिसनको समेत नेतृत्व गर्नुभएका अन्नाडिफले राजनीतिक विषयमा सहमति भए पनि मुलुकको सुरक्षा व्यवस्थामा सुधार नै प्रमुख पक्ष रहेको बताए ।
मालीका कतिपय भित्री इलाकामा गाउँलेमाथि शृङ्खलाबद्ध आमहत्याका घटना बढ्दै गएपछि सर्वत्र चिन्ता व्यक्त हुन थालेको छ । राष्ट्रसंघीय मिसनलाई पनि जातीय र आतङ्ककारी हमलाकारीबाट स्थानीयवासीलाई जोगाउन हम्मेहम्मे परेको छ । अन्नाडिफले शान्ति मिसनको कार्यादेशलाई विस्तार गर्न सुरक्षा परिषद समक्ष आग्रह गरेका छन् ।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१