बाजुरा, २७ जेठ । जिल्लाको बूढीनन्दा नगरपालिकाको कार्यालयमा गएको चार दिनदेखि तालाबन्दी गरिएको छ ।
नगर कार्यपालिकाले फोहर सङ्कलन केन्द्र राख्ने बारेमा गरेको विवादित निर्णय खारेज गर्न मागसहित स्थानीयवासीले कार्यालयमा जेठ २२ गतेदेखि तालाबन्दी गरेका हुन । नगरपालिका–५ र ७ का स्थानीयवासीले नागरिकको स्वास्थ्यबारे ख्यालै नगरी मनोमानी रुपमा डम्पिङ साइड निर्माणका लागि गरिएको निर्णय खारेजीको मागसहित कार्यालय बन्द गरेको भरत विकले बताए ।
कार्यालयमा तालाबन्दी भएपछि कर्मचारी आउने र घर फर्किने काम गरिरहेका छन । नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि ५ र ७ नंको बीच भागलाई रोजेर निर्णय गर्नु न्यायिक नभएको तालाबन्दी गर्नेहरुको भनाइ रहेको छ ।
कार्यपालिकाले गरेको निर्णय सच्याउन ज्ञापनपत्रदेखि अन्य छलफल गरिँदा पनि बेवास्ता गरिएको र आफू अनुकूल ठेक्का दिएर जबर्जस्ती नगरप्रमुखले डम्पिङ साइड निर्माण गर्न लागेको आरोप लगाइएको छ ।
वडाध्यक्षसमेतले जनताको मागलाई ध्यान नदिएर नगरप्रमुखको नै आदेश मानेको र पैसाका लागि स्वार्थ राखेर जनताको स्वास्थ्यलाई पर्ने असरको बेवास्ता गरिएको स्थानीयवासीको भनाइ रहेको छ । स्थानीयवासीले कार्यालयमा तालाबन्दी गरी दिनभर कोल्टीमा नारा जुलुससहित विरोध गर्ने गरेका छन ।
खोला नजीकै फोहर व्यवस्थापन गरिँदा पानी अशुद्ध हुने, त्यही पानी बगेर कर्णाली नदीमा जाने हुँदा सिङ्गो नदी नै दुर्गन्धित हुने र वातावरण प्रदूषित हुने असन्तुष्ट पक्षहरुको तर्क छ । आर्थिक वर्षको अन्तमा आएर कार्यालयको सबै कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् भने दैनिक कामकाज प्रभावित छन र
Related News
सम्बन्धित समाचार
एकीकृत सरकारी कर्मचारीको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
मन्त्री चुमानले सम्हाले अर्थ मन्त्रालयको कार्यभार, लगानी सम्मेलन प्राथमिकतामा
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१