युरो कप छनौटमा टर्की, इटली र जर्मनीको जित

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
i

युरो कप छनौटअन्तर्गतको खेलमा टर्की, इटली र जर्मनीले जित निकालेका छन्। टर्कीले डिफेन्डिङ चयाम्पियन फ्रान्समाथि, इटलीले पूर्व च्याम्पियन ग्रीसमाथि र जर्मनीले बेलारुसमाथि जित निकालेको हो।

गए रातिको खेलमा टर्कीले २–० ले जित निकाल्दै विश्वकपको साविक विजेता फ्रान्सलाई स्तब्ध बनायो। आफ्नो घरमा भएको खेलमा टर्कीले फ्रान्सलाई १ गोल पनि गर्न दिएन। उसका लागि कान एहान र सेन्जिग अन्डरले एक/एक गोल गरे। कान एहानले खेलको ३० औं मिनेटमा पहिलो गोल गरेका थिए।

त्यसपछि, अन्डरले ४० औ मिनेटमा गोल गरेपछि पहिलो हाफमा २–० को अग्रता दिलाए। दोस्रो हाफमा पाहुना टोली फ्रान्सले कमब्याक गर्न सकेन। खेल टर्कीले २–० ले आफ्नो पक्षमा पार्यो।

यससँगै समूह ‘एफ’ मा टर्कीले लगातार तेस्रो जित दर्ता गरेको छ। उसले ३ खेलमा ९ अंक बनाएर शीर्ष स्थानमा छ। फ्रान्स ६ अंक जोडेर दोस्रो स्थानमा छ। युरोकप छनोट अन्तर्गत समूह चरणको खेलमा जर्मनी र इटली विजयी हुँदा विश्व विजेता फ्रान्स भने टर्कीसँग पराजित भएको छ।

अर्को खेलमा जर्मनले बेलारुसलाई २–० ले हरायो। जर्मनको जितमा साने र मार्कुस रिउसले एक एक गोल गरे। खेलको १२ औं मिनेटमा सानेको गोलबाट अग्रता बनाएको जर्मनीले ६२ औं मिनेटमा रिउसको गोलमार्फत अन्तर दुई शून्यमा पुर्यायो।

अर्को खेलमा इटलीले पूर्व च्याम्पियन ग्रीसलाई ३–० ले पाखा लगायो। इटलीको जितमा बारेला, इन्सिग्नी र बोनुसीले एक/एक गोल गरे। पहिलो हाफमा इटलीले तीनै गोल गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width