देशमा विकराल अवस्था छ– राप्रपा अध्यक्ष कमल थापा

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
rpp

पर्वत, २७ जेठ । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का अध्यक्ष कमल थापाले राजतन्त्रको अन्त्यपछि मुलुक झन् विकराल अवस्थामा प्रवेश गरेको बताएका छन् ।

स्वाभिमान यात्राको क्रममा पर्वतको सदरमुकाम कुश्मामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजतन्त्र समाप्त भएको १३ वर्षमा देशले केहि गतिलो चीज पाउन नसकेको बताए ।

केपी सरकारले सुशासन कायम गर्न नसकेको र विप्लबलाई कमजोर सम्झेको भन्दै उनले तत्तकाल बार्ताबाट समस्या समधान गर्न आग्रह गरे ।अध्यक्ष थापाले जनयुद्धको नाममा १० वर्ष सर्वस्व गुमाउँदै शान्ति प्रक्रियासम्म आइपुग्दा पनि पुनः नयाँ माओवादी विद्रोह सुरु हुनु अशुभको संकेत भएको बताए। उनले परिवर्तनको नाममा थोपरिएका राज्य सञ्चालन प्रणालीलाई सच्याउनेतर्फ बहस चलाउन सम्पूर्ण राजनीतिक दललाई आग्रह समेत गरे।

हिजो सय गोल्लिाबाट शुरु भएको विद्रोहले १७ हजार मान्छे मरे, १० वर्ष गृहयुद्ध चल्यो अहिले फेरी विप्लबले कान्तिको नाउँमा बम पड्काउँदैछ यसले कति मार्ने हो उनले भने । राप्रपाले अघि सारेको मध्यमार्गी धार राजसंस्थासहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्र स्थापनाको लागि अब गाउँगाउँमा बहस चलाउनु पर्ने बताए।

‘परिवर्तनलाई संस्थागत गर्ने नाममा प्राचीनकालदेखि कायम रहेको सनातन संस्कृतिलाई विस्थापित गरेर धर्म निरपेक्षता लाद्ने र नेपालको एकीकरण देखि प्रजातन्त्रको स्थापना गर्ने राजसंस्थालाई पाखा लगाएर जबर्जस्ती गणतन्त्र कायम गरेयताका १३ वर्षको अवधिको स्वच्छ मूल्याङकन गर्ने हो भने मुलुकको अवस्था झन् जर्जर र भयानक भएको छ’, अध्यक्ष थापाले भने, ‘राष्ट्रघाती नागरिकता ऐन कार्यान्वयन गरेर लाखौं विदेशीलाई नागरिकता बाँडिनु, हिन्दु, बौद्ध र किरात धर्मप्रति लक्षित गरि सुनियोजित र योजनाबद्ध ढंगबाट धर्म परिवर्तन गराइनु, देश निर्माणमा लगाइनुपर्ने युवाहरुलाई सामान्य रोजगारीको लागि अरबको खाडी र मलेसियाको जंगलमा जान वाध्य बनाइनुजस्ता कार्यले मुलुकलाई अस्थिरतातर्फ धकेलिएको हो।’ उनले कसैको निहित स्वार्थपूर्तिको लागि परिवर्तनको नाममा संस्थागत गरिएका विसंगतिहरुलाई सच्याउनु पर्ने समय आइसकेको बताए ।

राप्रपाले धौलागिरीका चारै जिल्लामा कोणसभा गरेको थियो । पर्वतको मिलनचोक र कुश्मा बजारमा भएको कोणसभामा राप्रपा पर्वतका प्रदेश सदस्य ठाकुर बम मल्ल, ठाकुर भुसाल, जिल्ला सदस्य गंगा दमाई लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन केन्द्रिय सदस्य प्रकाश पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width