सुन्दरबजार नगरपालिका–२, हाँडेटार क्षेत्रमा खानेपानी हाहाकार भएको छ। सुख्खायाम बढेसँगै गाउँमा खानेपानी अभाव बढ्ने नियति हाँडेटारका सर्वसाधारण लामो समयदेखि भोग्दैआएका हुन्।
हाँडेटारअन्तर्गत कुमालगाउँ, पाण्डेगाउँ, खहरेटार, साँघुटार क्षेत्रका वासिन्दाले खानेपानीको सास्ती भोग्दै आएको स्थानीय शिक्षक राजेन्द्र बसेलले बताए। उनका अनुसार ठूल्टारस्थित शान्ति एकता टोलमा रहेको सार्वजनिक धारोमा सानो पानी आउने र गाउँका सबैले त्यहींबाट पानी उपभोग गर्ने हुँदा आवश्यकता अनुरुप पानी पुग्दैन।
टारको कुनामा रहेको गाउँसे ढापमा रहेको मूलबाट पानी ल्याइएको छ। मुहानमै पानी सानो भएकाले धारोमा पनि सानो आउने र त्यसले उपभोक्ता माग नधान्ने स्थानीय शीरमाया कुमालले बताइन्। मुहानमा पानी थुनिने, वितरण लाइनको ठाउँ–ठाउँमा अवरोध आउने समस्याले पटक–पटक मर्मतसम्हार गर्नुपर्ने अवस्था सिर्जिने गरेको उनको भनाइ छ।
७५ वर्षीया रश्मी कुमालले प्रत्येक वर्ष हिउँद मासमा गाउँमा खानेपानी निकै समस्या हुने गरेको बताइन्। उनका अनुसार विवाह भएर गाउँमा बुहारी बनेर आएको दिनदेखि नै वषेर्नी यो समस्या देख्दै र भोग्दै आएकी हुन्। उनले भनिन् ‘हाम्रोभन्दा दुःख भएको कति गाउँठाउँमा पानीको कस्तो सुविधा भइसक्यो भन्छन्। खै, हाम्रो गाउँमा त जैले हेरे नि यस्तै छ।’ उनका अनुसार मैले थाहा पाएदेखि नै यो गाउँमा खानेपानीको यस्तै दुविकाल छ।’के कामकाजी महिला के गृहिणी सबैको समय खानेपानीको जोहो गदैर्मा बित्ने गरेको छ। बोरिङबाट समेत पानीको व्यवस्था गरिए पनि सो पानी पिउनयोग्य नहुँदा स्थानीयलाई थप सास्ती भएको छ। पर्याप्त पानी नहुँदा सयौं परिवारले वषौर्ंदेखि समस्या भोग्दै आएका छन्। सो गाउँ जिल्ला समन्वय समिति प्रमुख लोकराज पाण्डेको जन्मगाउँसमेत हो। पाण्डेले भने, ‘मैले आमाको चौरासी पूजा लगाउँदा ६ हजार पानी किनेर काम चलाएँ, अवस्था यस्तो छ।’ आफू ठाउँमा पुगेको भन्दै स्थानीयले मुखै फोरेर खानेपानीको योजना ल्याउन आग्रह गर्दै आएको र सम्बन्धित कार्यालयमा एकसरो माग राखेको उनको भनाइ छ।
Related News
सम्बन्धित समाचार
गोरखा गठबन्धनमा गन्जागोल
सूचनाको हकसम्बन्धी विधेयक पारित
मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
प्रदेश खेलकुद परिषद्को भवन उद्घाटन
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
hero news full width
मुख्य समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९