भदौमा ‘प्रथम विश्वकर्मा कप फुटबल प्रतियोगिता’ हुने

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७६
Bishakarma Sewa Samaj

पोखरा, २३ जेठ ।विश्वकर्मा सेवा समाज लाहाचोक कास्कीको आयोजनामा प्रथम विश्वकर्मा कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । समाजले विहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

आगामी भदौ २१ गतेदेखि २८ गतेसम्म प्रतियोगिता संचालनमा आउने आयोजकले बताएको छ । बगर हरिचोकस्थित राष्ट्रिय उच्च माविको खेलमैदानमा प्रतियोगिता हुनेछ ।

‘खासगरि विश्वकर्मा समुदायका युवाहरुलाई एकतामा बाँध्ने र अन्य समुदायका युवासंग पनि सद्भाव अनि भाइचारा बाँड्ने लक्ष्य सहित हामीले यो फुटबल प्रतियोगिता गर्न लागेका हौँ ।’ पत्रकार सम्मेलनमा समाजका अध्यक्ष समेत रहेका प्रतियोगिताका सँयोजक जीवन सुनारले भने–‘त्यो सँगै केही सामाजिक क्रियाकलाप गर्नका लागि आवश्यक आर्थिक सहयोग जुटाउनु पनि यो कार्यक्रमको अर्को उद्देश्य हो ।’

पहिलोपटक समाजको आयोजनामा हुने यो प्रतियोगितामा गण्डकी प्रदेशका सबै जिल्लाबाट सहभागिता हुने आयोजकले बताएको छ । आयोजकका अनुसार करिब ५० वटा टिमले प्रतियोगितामा सहभागिता जनाउँदैछन् ।

फुटबल प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रोले ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । त्यो बाहेक आयोजकले बेस्ट प्लेयर, बेस्ट डिफेन्स, बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डर र हाइस्कोरर विधामा पनि पुरस्कार छुट्याएको छ ।

‘सम्पूर्ण खर्च जोड्दा प्रतियोगिताका लागि १३ लाख रुपैयाँ लाग्ने हामीले अनुमान गरेका छौँ ।’ प्रतियोगिताका अर्थ संकलन सँयोजक राजेन्द्र गहतराजले भने–‘र, हामीले यो खर्च टिम दर्ता शुल्क र विभिन्न संघसंस्थाहरुले गर्ने आर्थिक सहयोगमार्फत पुर्ती गर्नेछौँ ।’ आयोजकले अनुमानित १९ लाख रुपैयाँ प्रतियोगिताका लागि संकलन हुन सक्ने आँकलन गरेको छ ।

प्रतियोगिताबाट बचेको रकम लाहाचोकस्थित जनजागरण आधारभुत विद्यालयको स्तरोन्नती र सोही ठाऊँमा रहेको शिव तथा विश्वकर्मा मन्दिरको निर्माणमा खर्च गरिने आयोजकले बताएको छ ।

विश्वकर्मा सेवा समाजले यसअगाडि लाहाचोकमै सामुदायिक भवन निर्माण सम्पन्न गरिसकेको छ । त्यो बाहेक स्थानियस्तरमा समुदायसँग सम्बन्धित विभिन्न क्रियाकलापमा उसले सक्रियता देखाउँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width