म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने घोडेपानीदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जोड्ने पदमार्ग निर्माण भएको छ। अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयवासीले ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग बनाएका हुन्।
पदमार्ग निर्माण भएपछि घोडेपानी–घान्द्रुक भ्रमणमा आउने पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ। रामको चौतारोदेखि थाप्लाडाँडा क्षेत्रमा पदमार्ग विस्तार र सिँढी निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष विरेन पुनले जानकारी दिए। साँघुरो र भिरालो बाटोमा ३ सय मिटर सिँढीसहितको पदमार्ग निर्माण भएको हो। यात्रा सुरक्षित भएको छ, यसअघि चिप्लो र भिरालो बाटोमा लडेर चोटपटक लाग्ने समस्या थियो।
पदमार्ग निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख विनियोजन गरेको थियो। भौगोलिकरूपमा विकट र वस्तीदेखि टाढाको जङ्गलमा पदमार्ग बनाइएको हो।
पुनहिल भ्रमणका लागि आउने पर्यटकबाट सङ्कलन गरिने प्रवेश शुल्कबाट पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए। घोडेपानी र पुनहिललाई सरकारले नेपालका १ सय पर्यटकीयस्थलमा समेटेको छ।
समुद्री सतहदेखि ३ हजार २ सय १० मिटर उचाइमा रहेको पुनहिलबाट सूयोर्दय, धवलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु श्रृंखलाका हिमालको अवलोकन गर्न सकिन्छ। म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी र पुनहिल क्षेत्र गुराँसको जङ्गल, वन्यजन्तु, वनस्पतिले पनि आकर्षण गर्दछ।
Related News
सम्बन्धित समाचार
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
ओटेफको स्थापना दिवसमा बटुक र ज्येष्ठ नागरिकलाई भोजन
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९