दाङ, १९ जेठ । दाङको लमही नगरपालिकामा प्रथम मेयरकप भलिबल प्रतियोगिता शुरु भएको छ । लमही नगरपालिकाद्वारा पहिलो पटक मेयरकप भलिबल प्रतियोगिता शुरु भएको हो ।
नगर प्रमुख कुलबहादुर केसीले प्रथम मेयरकप भलिबल प्रतियोगिताको भलिवल सर्भिस गरेर उद्घाटन गरेका हुन । प्रतियोगिताको उदघाटन गर्दै उनले खेल क्षेत्र समृद्धिको लागी महत्वपूर्ण मानिदै आइएको छ, स्थानीय स्तरमा खेलाडीहरु उत्पादन गरि खेल क्षेत्रबाट देशलाइ चिनाउन आवश्यक भएको बताए ।
नगर प्रमुख केसीले खेल खेलाडीको अभिन्न अंग हो, खेल क्षेत्रलाई निरन्तरता दिन आग्रह गर्दै खेलले अनुशासित हुन सहयोग पु¥याउने बताए । साथै नगर प्रमुख केसीले खेलाडीलाई खेलको नियमअनुसार मर्यादित भै खेल खेल्न आग्रह गरे ।
कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासे ,लमही नगरपालिका वडा न,५का वडाध्यक्ष बिमबहादुर केसी वडा सदस्यहरु ,रेफ्री रवीन्द्र जिसि ,पत्रकार टेकबहादुर पुन लगाएतले मन्तब्य राखेका थिए ।कार्यक्रमको सहजीकरण पुष्पराज अधिकारीले गरेका थिए ।
मेयर कप अन्तर्गत लमहीमा चार खेल हुने छन्, जस अन्तरगत मेयर कप क्रिकेट, ब्याटमिन्टन, फू टबल र भलिवल प्रतियोगिता रहेका छन् । भलिबल प्रतियोगितामा नगर अन्तर्गतका ७ समूहले सहभागीता जनाएका छन । पहिलो खेलमा लमही नगरपालिकाको समूह र लमही प्रशासनको समूह विच खेल सुरु भएको छ । भलिबल प्रतियोगितामा प्रथम पुरस्कार तीस हजार , द्वितीय पुरस्कार बीस हजार र तृतीय पुरस्कार दश हजार र शिल्ड मेडल र प्रमाणपत्र रहेको छ ।
Related News
सम्बन्धित समाचार
‘खेल्छ गण्डकी’ बाट महिला खेलाडी तयार गरिने
मेयर कपको उपाधि वडा नम्बर २ लाई
देश्ना चन्द कपमा ‘केआइइसी बुन’ च्याम्पियन
ठेलोमा पर्वतको वर्चश्व
कास्की जिल्ला बक्सिङ संघमा सुमन
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०