Worldlink ads

मापदण्ड विपरीत संचालित क्रसर उद्योग बन्द गरिने

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७६
marken_kleemann_1280x560

तनहुँ,१७ जेठ । जिल्लाका विभिन्न स्थानमा मापदण्ड विपरीत सन्चालन गरिएका क्रसर उद्योग बन्द गरिने भएको छ ।

गण्डकी प्रदेश सरकारवाट जारी भएको ढुङ्गा ,गिटी ,बालुवा उत्खनन संकलन, क्रसिङ र विक्री वितरण तथा क्रसर उद्योग स्थापना र संचालनगन गर्न बनेको कार्यविधि विपरित संचालित क्रसर उद्योग बन्द गर्न लागिएको हो ।

जिल्ला स्थरीय अनुगमन तथा समन्वय समिति तनहुँले त्यस्ता क्रसर उधोगहरुलाई श्रावण मसान्तवाट बन्द गर्ने निर्णय भएको समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए।

प्रदेश सरकारले बनाएको कार्यविधि प्रदेशका सवै जिल्ला समन्वय समितिहरु र सवै स्थानीय तहहरुमा पत्र प्राप्त भएपछि मापदण्ड नपुगेका क्रसर उद्योगहरु बन्द गरिने निर्णय भएको हो। जिल्लामा हाल १५ वटा क्रसर उद्योग संचालनमा छन । तनहुँमा रहेका चार बटा क्रसर उद्योग मात्र दर्ता भएर संचालनमा छन् ।

प्रमुख वाग्लेका अनुसार गण्डकी प्रदेशको उद्योग,पर्यटन ,वन तथा वातावरण मन्त्रालयले प्रदेशभित्र अनुसुचि४ मा कुनै पनि ताल,–तलैया, ऐतिहासिक धार्मिक महत्वका पोखरी,घाटक्षेत्रको१ हजार ५ सय मिटर भित्र क्रसर संचालन गर्न नपाइने कार्यविधिमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

    • चट्याङले चालिस भेडा मरे

      रासस असाेज १३, २०७८
      खलङ्गा । जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार राति चट्याङ लागेर भेडाबाख्रा मरेका छन् । चट्याङ लागेर ४० भेडा मरेका छन्…
    • लेउवा संघ महाधिवेशन सुरु

      रामशरण नेपाली असाेज २, २०७८
      लेखनाथ । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र सुधार र निजी क्षेत्रतर्फबाट मुलुकको समृद्धिमा योगदान दिन राष्ट्रिय…
    • पहिराले २०० परिवार जोखिममा

      रासस भाद्र २५, २०७८
      डोटी । जिल्लाको पश्चिमी क्षेत्रस्थित दिपायल सिलगढी नगरपालिका–८ सेटीगाउँ पहिराको उच्च जोखिममा छ । गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि…
    • कमलपोखरी क्षेत्रका दर्जनौं घर डुबानमा

      सुनील सापकोटा भाद्र १७, २०७८
      पोखरा । निरन्तर वर्षाका कारण पोखरा १३ कमलपोरी क्षेत्रका दर्जनौं घर डुबानमा परेका छन् । कमलपोखरी आसपासका डुबानमा परेका घरबाट…
    • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

      रामकुमार श्रेष्ठ भाद्र ११, २०७८
      नवलपरासी । नलपुरकोको गैंडाकोट र दाउन्नेमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । लगातारको बर्षातका गैंडाकोट ९ तेइस स्मृति पुल, गैडाकोट…

    hero news full width