तीन बस एक आपसमा ठोक्किदा सात घाइते

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७६
Local-Bus-Kathmandu

फाइल फाेटाे

पोखरा, १५ जेठ । पोखरा–२६ विजयपुरमा बुधबार दिउसो तीनवटा बस ठोक्ँिकदा सात जना यात्रु घाइते भएका छन् ।

पोखराकै तालचोकबाट पोखरा बसपार्क आउदै गरेको ग१ज ३९९१नं को माइक्रोले अगाडिको मोटरसाइकल जोगाउने क्रममा ब्रेक लगाउँदा पछाडिबाट आईरहेको ना६ख ३५४० नं को मिनीबस र त्यसपछि आएको ना५ख २१८० नं को बस ठोक्किदा सात जना यात्रु घाइते भएका हुन् ।

घाइते हुनेमा कास्कीको रुपा गाउँपालिका–५ निवासी १७ बर्षीया निकिता गुरुङ, पोखरा–३२ का ३० बर्षीया देवि भूजेल, कास्की अन्नपूर्ण गाउँपालिका–३ निवासी ४० बर्षीय सन्जु गिरी, पोखरा–१२ निवासी ७५ बर्षीया मैया थापा, कास्की माछापुच्छ्रे गाउँपालिका–३ निवासी ५० बर्षीया मनकुमारी गुरुङ, २५ बर्षीया मिना शाही र २७ बर्षीया रीना शाही रहेका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल  र गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको कास्की प्रहरीले जनकारी दिएको छ । घाइते हुनेमा दोस्रो र तेस्रो वसका यात्रु रहेका छन्, उनीहरु सवै खतरामुक्त छन् । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width