सिन्धुली, १४ जेठ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ स्थित बरबोटेमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोलुखुम्बु दूधकौशिका गाउँपालिका–६ का ३३ वर्षीय सागर गहतराज, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का ४० वर्षीय रामबहादुर तामाङ र जीतबहादुर तामाङ रहेको सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।
उनीहरुलाई आइतबार पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको हो । उनीहरुको साथबाट रु एक लाख ५० हजार नगद, अमेरिकी डलर ५० दरको १३ थान, अमेरिकी डलर २ कोे एक थान र अमेरिकन डलर एकको ४८५ थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
यसैगरी विभिन्न कम्पनीका पाँच मोबाइलसमेत बरामद गरिएको उपरीक्षक थापाले जानकारी दिए । उनीहरुले आफूसँग रु २५ हजार डलर छ, सस्तो दरमा नेपाली पैसासँग साटिदिन्छु भन्दै सल्यान बागचौर नगरपालिका–९ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा बस्ने सन्तोष डाँगीलाई सिन्धुलीको खुर्कोटमा बोलाएको प्रहरीले जनाएको छ ।
उनले भने “डाँगीलाई सिन्धुलीको सुनकोशी गाउँपालिका–६ विपी राजमार्गमा बोलाई एक किलोमिटरमाथि गणेशस्थान नजिक बरबोटे भन्ने स्थानमा लगेर तिमीहरु डलर साट्न आएको होइन, के कति पैसा छ ? झिक नत्र मारेर फालिदिन्छौँ भनी सन्तोष डाँगीसँग रहेको रु एक लाख ५० हजार र सल्यान बागचौर नगरपालिका–९ का नवीन केसीको साथमा रहेको रु १३ हजार मूल्य बराबरको मोबाइल लुटेको अनुसन्धानका क्रममा खुलेको छ ।”
Related News
सम्बन्धित समाचार
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१