काबुल, १० जेठ (रासस/एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण नागरिक मारिएको जनाएको छ ।
अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाले हवाई आक्रमणको संख्या बढाएसँगै सर्वसाधारणको मृत्युको संख्या पनि बढेको हो ।
अफगानिस्तानका लागि राष्ट्रसंघीय मिसन ९युनामा०ले गत मे २० तारिखमा हेल्मन्ड प्रान्त र मे २२ मा कुनार प्रान्तमा गरिएका अमेरिकी हवाई आक्रमणमा मारिएका १४ जनामा पाँच जना महिला र सात जना बालबालिका रहेको जनाएको छ ।
युनामाले ट्वीट गर्दै अफगानिस्तानमा भइरहेका हवाई आक्रमणबाट सर्वसाधारणको मृत्यु हुनेक्रम निरन्तर बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । ट्वीटमा भनिएको छ – कुनै पनि किसिमको नोक्सानीबाट नागरिकको सुरक्षा गर्नु अन्तर्राष्ट्रिय रुपमै व्यक्त प्रतिबद्धता हो र त्यसलाई सबै पक्षले सम्मान गरिनु पर्दछ ।
अफगान सुरक्षाफौजसँग रहेको हवाई क्षमता कमजोर रहेकाले अधिकांश आक्रमण अमेरिकी सेनाले गरिरहेको छ । अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाले भने यसबारेमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार सन २०१८ मा अमेरिकी फौजले अफगानिस्तानमा सात हजार ३६२ थान बम खसालेको थियो । यो संख्या सन २०१० पछि सबैभन्दा ठूलो हो । गत मे १६ मा दक्षिण अफगानिस्तानमा अमेरिकी सेनाले भूलवस गरेको हवाई आक्रमणमा कम्तीमा आठ जना प्रहरी अधिकृतको ज्यान गएको थियो ।
Related News
सम्बन्धित समाचार
सलमान खानलाई गोली हानेर मार्ने प्रयास भएको खुलासा
दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताः नेपाली श्रमिकलाई सहज
नेपाली नर्स लैजान बेलायत तयार
भारतमा कोरोनाबाट ४४२ जनाको मृत्यु
संक्रमितको सुनामी ल्याउने डब्लूएचओले चेतावनी
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९