चीनमा डुङ्गा दुर्घटनामा परी दशको मृत्यु

रासस
जेठ १०, २०७६
Shanghai

गुइयाङ, १० जेठ )रासस /सिन्ह्वा) चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुङ्गा दुर्घटनामा कम्ती दश व्यक्तिको मृत्यु भएको छ ।

स्थानीय समयानुसार शुक्रबार २ बजेसम्म यस दुर्घटनामा परेका १० व्यक्ति वेपत्ता रहेका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन । यस दुर्घटनामा परेका ११ व्यक्तिलाई भने उद्धार गरिएको र घाइते भएका सवैलाई स्थानीय अस्पतालमा उपचारको लागि लगिएको छ ।

स्थानीय समयाअनुसार बिहीबार बेलुका ६ः३० मा दुर्घटना भएको यस डुङ्गामा २९ व्यक्ति सवार रहेका बताइएको छ । दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width