मिनी ट्रकको ठक्करबाट गुरुङको मृत्यु

Avatar आदर्श समाज सम्वाददाता
जेठ ८, २०७६

पोखरा, ८ जेठ । पृथ्वीराजमार्ग अन्तरगत पोखरा लेखनाथको भण्डारढिक स्थित आदर्शचोकमा मंगलबार साँझ मिनी ट्रकले मोटरसाइकललार्इृ ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट पोखरा–१४ खाल्टेमसीना निवासी २७ वर्षीय मोटरसाइकल चालक श्याम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

आदर्शचोकमा ग.१ख. ३४१६ नं को ट्रकले ग.१३ प. २६६० नं को मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते गुरुङलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मिनी ट्रक र चालकलाई कास्की प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धान शुरु गरेको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

प्रमुख समाचार

पत्रकार महासंघमा तालावन्दी