बागलुङ, ७ जेठ । कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्डमा काम गरिरहेका एक मजदुरको सोमबार दिउँसो बम ब्लास्टका लागि प्वाल पार्दैगर्दा पहराबाट खसेर मृत्यु भएको छ ।
बागलुङ–बलेवा खण्डको दम्क, सिउडे भन्ने स्थानमा रहेको पहरामा प्वाल पार्नेक्रममा पहराबाट खसेर गुल्मीको सत्यावती गाउँपालिका–३ का नाङ्गबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
उनी करिडोर विस्तारका लागि पहरामा प्वाल पार्नेक्रममा पहराबाट ३० मिटर तल सडकमा खसेका थिए । घटनालगत्तै नेपाली सेनाको टोलीले मगरलाई अञ्चल अस्पताल बागलुङ ल्याएको थियो । अस्पातलले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक झवेन्द्रबहादुर भट्टराईले जानकारी दिए । मृतकको शव परीक्षणपछि धवलागिरि अञ्चल अस्पतालमा राखिएको छ ।
नेपाली सेनाको टोलीले आगामी असार मसान्तसम्ममा काम सक्नेगरी बागलुङ–बलेवा खण्डको स्तरोन्नतिको काम गरिरहेको छ । कामका लागि सेनाले मजदुर परिचालन गरेको थियो । अप्ठ्यारो पहरामा बम ब्लास्ट गरेर सडक विस्तारको काम भइहेको छ ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१