गण्डकी प्रदेशलाई इलाम आमन्त्रित पुरुष नकआउट भलिबलको उपाधि

आदर्श समाज संवाददाता
वैशाख ३०, २०७६
Gandaki, VolleyBall

पोखरा, ३० वैशाख । प्रदेशले प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

आइतबार इलाममा सम्पन्न सम्पन्न फाइनल खेलमा झापा बिर्तामोडको विमान ट्रेडर्स भलिबल टिमलाई गण्डकीले २५–१७, २५–१३ र २५–२१ को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो ।

विजेता गण्डकीले १ लाख ५१ हजार र उपविजेता बिर्तामोडले ८१ हजार रुपैयाँ पाए । म्यान अफ द टुर्नामेन्ट गण्डकीका हरि पाण्डे घोषित भए । म्यान अफ द फाइनल बिर्तामोडका राजीव तमोर भए ।

सेमिफाइनलमा ताप्लेजुङलाई जितेर पन्छाउँदै फाइनल प्रवेश गरेको गण्डकीले खारिएको खेल प्रस्तुत गरेको थियो । भारतीय खेलाडीले भरिएको बिर्तामोडमाथि अनुभवी टिम गण्डकीले सहज जित निकालेको थियो । राष्ट्रिय टिममा समेत अनुभव बटुलेका खेलाडीसहित उत्रिएको गण्डकीले खेलको पहिलो सेटदेखि नै बिर्तामोडलाई दबाबमा राख्यो ।

गण्डकी प्रदेशबाट सन्जुबिक्रम शाह (टिम कप्तान), राजन दर्लमीमगर, रबि सेञ्चुरी, सुजन चोखल, रुपिन्दै गैह्रे, हरि पाण्डे, कमल सुनार, काजी केसी र युवराज भण्डारी थिए ।

नवचेतना भलिबल टिम बरबोटेविरुद्ध सेमिफाइनलमा जित निकालेको बिर्तामोडले भने अपेक्षाकृत खेल पस्कन सकेन । यो टिममा पनि भारतको राष्ट्रिय लिग खेल्नेसहित अनुभवी खेलाडी थिए । जिल्ला भलिबल संघको आयोजनामा वैशाख २६ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिम सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width