नापी र मालपोतमा भ्रष्टाचार बढेको भन्दै धर्ना

आदर्श समाज संवाददाता
वैशाख २५, २०७६
download

नवलपरासी, २५ बैशाख । नापी र मालपोत कार्यालयमा भ्रष्टाचार बढेको भन्दै कावासोतीमा र्याली सहितको धर्ना गरिएको छ ।

भूमि अधिकार मञ्च नवलपरासीको आयोजनामा कावासोतीको फलफूल चोकदेखि मालपोत कार्यालयसम्म र्याली गरिएको थियो । र्याली पछि केही बेर मालपोत कार्यालय कावासोती अगाडि धर्ना दिई र्यालीमा सहभागी अगुवाहरुले मालपोत कार्यालय कावासोतनीमा आफ्ना मागपत्रहरु बुझाएका थिए ।

सरकारी जग्गा कृते गरी दर्ता गर्नेदेखि भूमाफियाहरुसँग मिलेर सुकुम्बासीको जग्गा अर्काको नाममा पास गर्ने लगायतका गतिविधिमा मालपोत र नापीका कर्मचारीहरु सक्रिय भएर लाग्ने गरेको उनीहरुको आरोप थियो ।

राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रिय सदस्य मञ्जु श्रेष्ठले मालपोत र नापीमा भूमाफियाहरुको मिलेमतोमा व्यापक चलखेल हुने गरेका कारण धर्ना लगायतका आन्दोलन कार्यक्रम अगाडि बढाउन परेको बताए । राष्ट्रिय भूमि अधिकार मञ्चले बुधबार देशैभर मालपोत कार्यालयमा धर्ना दिएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width